‘विदेशबाट भित्रिएका सीपको तथ्यांक लिएर उद्यमशीलता प्रवर्द्धनमा लगाऔँ’ « Khabarhub

‘विदेशबाट भित्रिएका सीपको तथ्यांक लिएर उद्यमशीलता प्रवर्द्धनमा लगाऔँ’


२६ जेष्ठ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाै‌ँ- प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले मुलुकको आर्थिक वृद्धिका लागि  वैदेशिक रोगजारीबाट सीप बोकेर आएकाहरूको तथ्यांक लिन जरुरी रहेको बताएका छन् । 

सीप सिकेर आएका युवाहरुको तथ्यांक संकलन गरी उनीहरुको सीपलाई उद्यमशीलता प्रवर्द्धनमा लगाउन लगाउनु पर्ने बताएका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत मन्त्रालयका विविध शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले भने, “त्यसरी सिकेर आएका श्रमिकहरूलाई पूँजी तालिम, उत्प्रेरणा र बजारसम्बन्धी ज्ञान दिएर उद्यमशीलता प्रवर्द्धनमा लगाउन सकियो भने अर्थतन्त्रलाई बहुआयामिक कोणबाट सुन्दर बनाउन भूमिका खेल्न सक्छ ।’

उनले यसका लागि निजी क्षेत्रको परामर्श सेवा तथा तथ्यांकसमेत लिन जरुरी रहेको र यसले एउटा संयन्त्रको समेत माग गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले सरकारले भनेको निजी लगानी भित्र्याउने कुरामा धेरै क्षेत्र पर्ने भएकाले सबै क्षेत्र समेट्न आग्रह गरे ।

खानेपानी सेवा विस्तार तथा पुनःस्थापनामा पालिकागतरूपमा हेर्दा मधेस प्रदेशमा बजेट कम किन परेको हो आफूले जान्न नसकेको उनले बताए । उनले जलवायु अनुकूलन बृहत् खानेपानी भन्ने शीर्षकमा रु तीन अर्ब ४३ करोड बजेट रहेकामा मधेसमा न्यून रहेको गुनासो गरे ।

“ढल निर्माण तथा प्रशोधनका लागि जम्मा रु १० लाखमात्रै बजेट छ के गर्न खोजिएको आफूले बुझ्न सकेको छैन”, खानेपानी मन्त्रालयअन्तर्गतको विविध शीर्षकमाथिको छलफलमा उनले भने ।

पूर्व शिक्षामन्त्रीसमेत रहेका नेता पोखरेलले शिक्षा मन्त्रालयअन्तर्गतका विषयगत शिर्षकको छलफलमा भाग लिँदै शिक्षामा विकृति बढेको बताए । उनले सार्वजनिक शिक्षाको सवलीकरण दशकीय कार्यक्रम विसं २०७५ मा आफ्नो पालामा ल्याइएकामा अहिले शिक्षा मन्त्रालयले ‘स’ पनि उच्चारण गरेन किन होला भनी प्रश्न गरे ।

स्कुलको प्रविधिमैत्री पूर्वाधार निर्माणमा समेत अहिलेको कार्यक्रममा अन्योलता देखिएको भन्दै उनले त्यसतर्फ गम्भीर हुन आग्रह गरे । रेलवे पढाउनका लागि भनेर बजेट छुट्टिएकामा उनले सरकारलाई धन्यवाद दिए । रक्षा मन्त्रालयको विषयमा प्रश्न गर्दै उनले अमेरिकी सेनाका अधिकारीहरूको नेपाल भ्रमण र नेपाली सेनाको अमेरिकी भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरे । उनले सैनिक रणनीतिक कार्यक्रमहरूमा जोडिन खोजिएको हो कि भन्ने प्रश्न उठेको भन्दै उक्त विषयमा स्पष्ट पार्न आग्रह गरे ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ३ : १५ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य