‘विदेशबाट भित्रिएका सीपको तथ्यांक लिएर उद्यमशीलता प्रवर्द्धनमा लगाऔँ’ « Khabarhub

‘विदेशबाट भित्रिएका सीपको तथ्यांक लिएर उद्यमशीलता प्रवर्द्धनमा लगाऔँ’


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाै‌ँ- प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले मुलुकको आर्थिक वृद्धिका लागि  वैदेशिक रोगजारीबाट सीप बोकेर आएकाहरूको तथ्यांक लिन जरुरी रहेको बताएका छन् । 

सीप सिकेर आएका युवाहरुको तथ्यांक संकलन गरी उनीहरुको सीपलाई उद्यमशीलता प्रवर्द्धनमा लगाउन लगाउनु पर्ने बताएका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत मन्त्रालयका विविध शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले भने, “त्यसरी सिकेर आएका श्रमिकहरूलाई पूँजी तालिम, उत्प्रेरणा र बजारसम्बन्धी ज्ञान दिएर उद्यमशीलता प्रवर्द्धनमा लगाउन सकियो भने अर्थतन्त्रलाई बहुआयामिक कोणबाट सुन्दर बनाउन भूमिका खेल्न सक्छ ।’

उनले यसका लागि निजी क्षेत्रको परामर्श सेवा तथा तथ्यांकसमेत लिन जरुरी रहेको र यसले एउटा संयन्त्रको समेत माग गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले सरकारले भनेको निजी लगानी भित्र्याउने कुरामा धेरै क्षेत्र पर्ने भएकाले सबै क्षेत्र समेट्न आग्रह गरे ।

खानेपानी सेवा विस्तार तथा पुनःस्थापनामा पालिकागतरूपमा हेर्दा मधेस प्रदेशमा बजेट कम किन परेको हो आफूले जान्न नसकेको उनले बताए । उनले जलवायु अनुकूलन बृहत् खानेपानी भन्ने शीर्षकमा रु तीन अर्ब ४३ करोड बजेट रहेकामा मधेसमा न्यून रहेको गुनासो गरे ।

“ढल निर्माण तथा प्रशोधनका लागि जम्मा रु १० लाखमात्रै बजेट छ के गर्न खोजिएको आफूले बुझ्न सकेको छैन”, खानेपानी मन्त्रालयअन्तर्गतको विविध शीर्षकमाथिको छलफलमा उनले भने ।

पूर्व शिक्षामन्त्रीसमेत रहेका नेता पोखरेलले शिक्षा मन्त्रालयअन्तर्गतका विषयगत शिर्षकको छलफलमा भाग लिँदै शिक्षामा विकृति बढेको बताए । उनले सार्वजनिक शिक्षाको सवलीकरण दशकीय कार्यक्रम विसं २०७५ मा आफ्नो पालामा ल्याइएकामा अहिले शिक्षा मन्त्रालयले ‘स’ पनि उच्चारण गरेन किन होला भनी प्रश्न गरे ।

स्कुलको प्रविधिमैत्री पूर्वाधार निर्माणमा समेत अहिलेको कार्यक्रममा अन्योलता देखिएको भन्दै उनले त्यसतर्फ गम्भीर हुन आग्रह गरे । रेलवे पढाउनका लागि भनेर बजेट छुट्टिएकामा उनले सरकारलाई धन्यवाद दिए । रक्षा मन्त्रालयको विषयमा प्रश्न गर्दै उनले अमेरिकी सेनाका अधिकारीहरूको नेपाल भ्रमण र नेपाली सेनाको अमेरिकी भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरे । उनले सैनिक रणनीतिक कार्यक्रमहरूमा जोडिन खोजिएको हो कि भन्ने प्रश्न उठेको भन्दै उक्त विषयमा स्पष्ट पार्न आग्रह गरे ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ३ : १५ बजे

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री रावल

धनगढी- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले

गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं- बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै

एजेन्सी– मध्यपूर्वमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने समुद्री

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४