स्थानीय तह निर्वाचन २०७९ मा आफू पहिलो पार्टी बनेको कांग्रेसको दाबी (प्रतिवेदनसहित) « Khabarhub

स्थानीय तह निर्वाचन २०७९ मा आफू पहिलो पार्टी बनेको कांग्रेसको दाबी (प्रतिवेदनसहित)


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ मा पहिलो पार्टी बनेको दाबी गरेको छ ।

कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गतको अनुगमन‚ मूल्यांकन तथा सुपरीवेक्षण उपसमितिले वडाध्यक्षको मतका आधारमा कांग्रेस नेपालको पहिलो पार्टी रहेको निष्कर्षसहितको प्रतिवेदन पार्टी सभापति शेर बहादुर देउवालाई बुझाएको जानकारी गराएको हो । प्रतिवेदनका बारेमा जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उपसमितिका संयोजक प्रदीप पौडेलले  ७५२ स्थानमध्ये प्रमुख पदमा ३२९ स्थानमा कांग्रेसले जित निकाल्दा ४४ प्रतिशतमा विजय दर्ता गराएको बताए ।

No description available.

कांग्रेसका वडा अध्यक्षका उमेदवारले पाएको मत ३८ लाख ८३ हजार १ सय ३८ रहेको जुन एमालेका वडाअध्यक्षका उमेदवारले पाएको भन्दै १ लाख ७५ हजार ७६ मतले बढि रहेको पौडेलले दाबी गरे । प्रदेशगत आधारमा पनि प्रमुख र उपप्रमुख पदमा कांग्रेस सातवटै प्रदेशमा सबै दलहरूभन्दा अगाडि रहेको उनले बताए । नेता पौडेलले गठबन्धनको औचित्य कुनै राजनीतिक शक्तिलाई निस्तेज पार्ने भन्दा पनि राजनीतिक क्रान्तिमार्फत प्राप्त उपलब्धिको रक्षा गर्दै समुन्नत राष्ट्र निर्माणमा वैचारिक प्रतिस्पर्धा अँगाल्दै रणनीतिक रुपमा साझा संकल्पसहित अघि बढ्नु देखिएको बताए । त्यस्तै उहाले टिकट वितरण बिधानले निर्दिष्ट गरेको समयमा हुनुपर्ने र टिकट दिँदा सकेसम्म स्वच्छ छवि, उर्जाशीलता, घोषणापत्रलाई स्थानीयकरण गर्न सक्ने क्षमता भएका व्यक्तिहरूलाई दिनुपर्ने सुझाव दिएको जानकारी दिए।

उपसमितिले भातृसंस्था तथा शुभेच्छुक संस्थाको प्रभावकारी परिचालन गर्नुपर्ने , निर्वाचनको माहोल पार्टीका पक्षमा पार्न लागि निश्चित कामको सुहाउँदो जिम्मेवारी छुट्टाई सक्रिय बनाउनुपर्ने सुझाव पनि दिएको छ ।

[pdf-embedder url=”https://www.khabarhub.com/wp-content/uploads/2022/06/PaRaTaVaThaNaKa-PaRaPaTa-TaTha-NaShhaKaRaShha-1.pdf”]

 

 

 

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ५ : २४ बजे

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा

प्रधानमन्त्रीले भने : उद्धार, खोजी र राहत कार्यलाई तीव्र बनाएका छौं

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस