कुवेतको चर्को घाममा काम गर्ने ५० कामदार पक्राउ  « Khabarhub

कुवेतको चर्को घाममा काम गर्ने ५० कामदार पक्राउ 


२६ जेष्ठ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतमा चर्को घाममा काम गर्ने ५० जना कामदारलाई पक्राउ गरेको छ । कुवेतको पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम) को अनुगमन टोलीले निरीक्षण गर्दा मुबारक अल काबीर गभर्नरेटको अल मसाइल क्षेत्रमा १२ वटा निर्माण साइटहरूको निरीक्षण गर्ने क्रममा ५० भन्दा बढी कामदारहरूलाई कानुन उल्लंघन गरेकोमा गिरफ्तार गरिएको हो ।

पीएएम कामदारहरूको सुरक्षा गर्न र हितको रक्षा गर्न इच्छुक रहेको भन्दै नियम उल्लंघन गर्ने कम्पनी तथा कामदारलाई कडा कारबाही गरिने जनाएको छ । पीएएमले प्रति कर्मचारी १०० कुवेती दिनार सम्मको जरिवाना गर्ने चेतावनी दिएको छ । कानुन उल्लङ्घन गर्ने कम्पनीहरुको फाइलहरू बन्द गरेर उल्लङ्घन गर्नेहरू विरुद्ध कानूनी प्रक्रियाहरू अगाडि बढ्ने र पुन: दोहोर्‍याएर कानुन उल्लङ्घन गर्नेलाई दोब्बर जरिवाना गरिने पीएएमलाई उदृत गर्दै कुवेत टाइम्सले जनाएको छ । 

पीएएमले रोजगारदाता कम्पनीहरूलाई कामदारको सुरक्षाको ग्यारेन्टी गर्न र कानुनी समस्याबाट जोगिन निर्देशनको पालना गर्न आग्रह गर्दै निर्णय कार्यान्वयन गर्न र श्रमिकको स्वास्थ्यमा ध्यान दिन आग्रह गर्दै आएको छ । पीएएमले कुनै पनि कम्पनीहरूले चर्को घाममा काम लगाए तत्काल निरीक्षण टोलीलाई रिपोर्ट गर्न अनुरोध गरेको छ । कुवेतले गत १ जुनदेखि ३१ अगस्टसम्म बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सूर्यको किरण प्रत्यक्ष पर्ने खुल्ला क्षेत्रमा श्रमिकलाई काममा लगाउन नपाइने निर्णय गरेको थियो ।

दिउँसोको समयमा काम गर्न गराउन प्रतिबन्ध लगाइए पनि काम गर्ने अवधि भने घटाइएको छैन। दिउसो घाम चर्को बेला काम रोकेर साँझ तापक्रम कम भएको बेला काम गरेर वर्किङ आवर सधैँको झै बराबर गर्न सकिने बताईएको छ । कुवेतमा विभिन्न क्षेत्रमा गरी करिव ७० हजारको हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ६ : ४५ बजे

तस्बिरमा हेर्नुहोस् जलमग्न इमाडोल, ढल निकास नहुँदा घर-पसलहरू डुबानमा

काठमाडौँ– लगातारको वर्षाका कारण ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित इमाडोल क्षेत्र

बुढानीलकण्ठमा देउवा पक्षको तेस्रो अधिवेशन (तस्बिरहरू)

काठमाडौँ – नेपाली कांग्रेसको देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शनिबार

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सवारीसाधन बीच बाटोमै रोकिए

काठमाडौँ– निरन्तरको वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको

भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण हुँदै

कञ्चनपुर– धार्मिक पर्यटनले पूर्व-पश्चिम जोड्ने उद्देश्यका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका-८

भारतले गर्‍यो आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण

काठमाडौँ– भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’