कुवेतको चर्को घाममा काम गर्ने ५० कामदार पक्राउ  « Khabarhub

कुवेतको चर्को घाममा काम गर्ने ५० कामदार पक्राउ 


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतमा चर्को घाममा काम गर्ने ५० जना कामदारलाई पक्राउ गरेको छ । कुवेतको पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम) को अनुगमन टोलीले निरीक्षण गर्दा मुबारक अल काबीर गभर्नरेटको अल मसाइल क्षेत्रमा १२ वटा निर्माण साइटहरूको निरीक्षण गर्ने क्रममा ५० भन्दा बढी कामदारहरूलाई कानुन उल्लंघन गरेकोमा गिरफ्तार गरिएको हो ।

पीएएम कामदारहरूको सुरक्षा गर्न र हितको रक्षा गर्न इच्छुक रहेको भन्दै नियम उल्लंघन गर्ने कम्पनी तथा कामदारलाई कडा कारबाही गरिने जनाएको छ । पीएएमले प्रति कर्मचारी १०० कुवेती दिनार सम्मको जरिवाना गर्ने चेतावनी दिएको छ । कानुन उल्लङ्घन गर्ने कम्पनीहरुको फाइलहरू बन्द गरेर उल्लङ्घन गर्नेहरू विरुद्ध कानूनी प्रक्रियाहरू अगाडि बढ्ने र पुन: दोहोर्‍याएर कानुन उल्लङ्घन गर्नेलाई दोब्बर जरिवाना गरिने पीएएमलाई उदृत गर्दै कुवेत टाइम्सले जनाएको छ । 

पीएएमले रोजगारदाता कम्पनीहरूलाई कामदारको सुरक्षाको ग्यारेन्टी गर्न र कानुनी समस्याबाट जोगिन निर्देशनको पालना गर्न आग्रह गर्दै निर्णय कार्यान्वयन गर्न र श्रमिकको स्वास्थ्यमा ध्यान दिन आग्रह गर्दै आएको छ । पीएएमले कुनै पनि कम्पनीहरूले चर्को घाममा काम लगाए तत्काल निरीक्षण टोलीलाई रिपोर्ट गर्न अनुरोध गरेको छ । कुवेतले गत १ जुनदेखि ३१ अगस्टसम्म बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सूर्यको किरण प्रत्यक्ष पर्ने खुल्ला क्षेत्रमा श्रमिकलाई काममा लगाउन नपाइने निर्णय गरेको थियो ।

दिउँसोको समयमा काम गर्न गराउन प्रतिबन्ध लगाइए पनि काम गर्ने अवधि भने घटाइएको छैन। दिउसो घाम चर्को बेला काम रोकेर साँझ तापक्रम कम भएको बेला काम गरेर वर्किङ आवर सधैँको झै बराबर गर्न सकिने बताईएको छ । कुवेतमा विभिन्न क्षेत्रमा गरी करिव ७० हजारको हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ६ : ४५ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन