पोखरा महानगरले सडकमा डुलिहिँड्ने छाडा चौपायालाई कान्जी हाउसमा पठाउन थाल्यो « Khabarhub

पोखरा महानगरले सडकमा डुलिहिँड्ने छाडा चौपायालाई कान्जी हाउसमा पठाउन थाल्यो


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोखरा महानगरपालिकाले सडकमा डुलिहिँड्ने छाडा चौपायालाई कान्जी हाउसमा पठाउन थालेको छ ।

बिहीबारदेखि छाडा चौपाया हटाउने अभियान सुरु भएको हो । एकैदिन ३७ वटा छाडा चौपाया कान्जी हाउसमा लगेर राखिएको छ । दैनिक रूपमा चौपाया खोज्ने र कान्जी हाउसमा लगेर राखिने महानगरका निरीक्षण महाशाखा प्रमुख नारायणप्रसाद शर्माले जानकारी दिए ।

‘पोखराका सडकमा छाडा चौपाया नरहने गरी महानगरले काम थालेको छ । दैनिकरुपमा नगरप्रहरी खटाएर चौपाया संकलन गर्छौं,’ उनले भने, ‘उनीहरूको व्यवस्थापन कान्जी हाउसमा हुन्छ । महानगरले कान्जी हाउस बनाएको छ ।’

पोखरा १४ बाच्छेबुडुवामा छाडा चौपाया थुन्न कान्जी हाउस बनाइएको छ । ल्याण्डफिल साइट आडैको ३५ रोपनी जमिनमा कान्जी हाउस बनाइएको हो । त्यहाँ १ सय ५० भन्दा बढी छाडा चौपाया राखिएका छन् ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ९ : २८ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि