नीति कार्यक्रमअनुसार बजेट आउँछ : मुख्यमन्त्री भट्ट « Khabarhub

नीति कार्यक्रमअनुसार बजेट आउँछ : मुख्यमन्त्री भट्ट


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदुरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति कार्यक्रममा समेटिएका विषय बजेटमा समेटिने बताएका छन् ।

प्रदेशसभाको आजको बैठकमा सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री भट्टले छलफलमा आएका सुझावलाई सकारात्मकरूपमा लिएको बताए ।

उनले भने, “गएको चार वर्षमा देशको आर्थिक अवस्था, काम गर्ने पुरानो शैली र प्रशासनिक झमेला जस्ता व्यवस्थाले गर्दा सोचेजति काम गर्न नसके पनि धेरै काम गरेका छौँ, धेरै ठाउँका जनताले विकासको अनुभूति गरेका छन् ।”

प्रदेशको स्वास्थ्य क्षेत्र विगतको अवस्थामा सुधार आएको, सडक स्तरोन्नतिका साथै कृषि कार्यक्रम, बीउबिजन, शिक्षामा उल्लेखनीय सुधार भएको उनले बताए । संविधानअनुसार बन्नुपर्ने साझा अधिकारका नियम कानून बन्न नसक्दा र समयमै काम हुन नसक्दा केही समस्या सिर्जना भएको बताउँदै उनले भने, “यी विषयमा सङ्घीय सरकारले तदारुकता नदेखाएका विषयमा छलफल गर्न जरुरी छ ।”

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ११ : ४३ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग