नीति कार्यक्रमअनुसार बजेट आउँछ : मुख्यमन्त्री भट्ट « Khabarhub

नीति कार्यक्रमअनुसार बजेट आउँछ : मुख्यमन्त्री भट्ट


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदुरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति कार्यक्रममा समेटिएका विषय बजेटमा समेटिने बताएका छन् ।

प्रदेशसभाको आजको बैठकमा सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री भट्टले छलफलमा आएका सुझावलाई सकारात्मकरूपमा लिएको बताए ।

उनले भने, “गएको चार वर्षमा देशको आर्थिक अवस्था, काम गर्ने पुरानो शैली र प्रशासनिक झमेला जस्ता व्यवस्थाले गर्दा सोचेजति काम गर्न नसके पनि धेरै काम गरेका छौँ, धेरै ठाउँका जनताले विकासको अनुभूति गरेका छन् ।”

प्रदेशको स्वास्थ्य क्षेत्र विगतको अवस्थामा सुधार आएको, सडक स्तरोन्नतिका साथै कृषि कार्यक्रम, बीउबिजन, शिक्षामा उल्लेखनीय सुधार भएको उनले बताए । संविधानअनुसार बन्नुपर्ने साझा अधिकारका नियम कानून बन्न नसक्दा र समयमै काम हुन नसक्दा केही समस्या सिर्जना भएको बताउँदै उनले भने, “यी विषयमा सङ्घीय सरकारले तदारुकता नदेखाएका विषयमा छलफल गर्न जरुरी छ ।”

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ११ : ४३ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी