कर्णाली प्रदेशका संरचना अझै लुम्बिनीमा | Khabarhub Khabarhub

कर्णाली प्रदेशका संरचना अझै लुम्बिनीमा


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – भेरी अञ्चल हुँदा स्थापना भएका सुरक्षा निकायका संरचनाहरु अझै लुम्बिनी प्रदेशको नेपालगन्जबाटै सञ्चालन भइरहेका हुन् ।

कर्णाली प्रदेश प्रहरी मातहतमा रहने प्रहरी तालिम केन्द्र र कुकुर शाखा कर्णाली प्रदेशमा अझै स्थापना हुन सकेको छैन । कर्णालीमा पूर्वाधारको अभाव देखाउँदै तालिम केन्द्र र कुकुर शाखा लुम्बिनी प्रदेशको नेपालगन्जबाटै सञ्चालन हुँदै आएको छन् ।

यस्तै, संघीय प्रहरी इकाई, लागूऔषध शाखा र दंगा नियन्त्रण प्रहरी कार्यालय पनि नेपालगन्जबाटै सञ्चालित छन् । कुकुर शाखा पनि उतै हुँदा कर्णालीमा हुने अपराधको अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुर कोहलपुरबाट ल्याउनुपर्ने बाध्यता छ । जसले गर्दा अपराध अनुसन्धानमा ढिलाइ हुने गरेको सुरक्षा निकायका अधिकारीहरु बताउँछन् । प्रहरीको तालिम केन्द्रका लागि १५ देखि २० बिघा जमिन चाहिन्छ । सोही अनुसारको जग्गाको संरचना वीरेन्द्रनगरमा अभाव देखिन्छ ।

कर्णाली प्रदेशका कानुनमन्त्री हिमबहादुर शाही संघीय सरकार अगाडि नबढ्दा समस्या आएको बताउँछन् । ‘प्रदेश प्रहरी संगठनको बारेमा कानुनी मान्यताका हिसाबले पहिलो कुरा त संघ अगाडि बढ्नुपर्ने हो तर खासै ध्यान नजाँदा समस्या भएको हो’, मन्त्री शाहीले बताए ।

प्रदेश प्रहरी कार्यालयले यसअघि नै भौतिक पूर्वाधार नहुँदा प्रदेश मातहतका तालिम केन्द्र र तालिमप्राप्त कुकुर बाँके मै राख्नुपरेको बताएको थियो । कानुनी अड्चन र भौतिक पूर्वाधार अभावले संरचना आउन नसकेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ८ : ३२ बजे

एनएलजी इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

काठमाडौं– एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ ।

कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

विराटनगर– कोशी प्रदेशसभाको बजेट अधिवेशन आज सुरु हुँदैछ । बैठक

सशस्त्र प्रहरी सहायक निरीक्षक छत्यालबाट सगरमाथाको सफल आरोहण

काठमाडौं– सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले  विश्वको सर्वोच्च शिखर

स्थानीय आफैँले बनाउन थाले खोलामा पुल

दाङ– दाङ–रोल्पा सडकखण्डअन्तर्गत बिजौरी-होलेरी सडकखण्डको बीचमा पर्ने ग्वारखोलामा पुल छैन ।

खोटाङको ‘फोक्सिङटार–धाप्लाङघाट’ सडक निर्माण हुँदै

खोटाङ– खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने छोटो मार्ग ‘फोक्सिङटार–धाप्लाङघाट