विद्युत नहुँदा विद्यालयका कम्प्युटर प्रयोगविहीन « Khabarhub

विद्युत नहुँदा विद्यालयका कम्प्युटर प्रयोगविहीन


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु – जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिकामा रहेको एक विद्यालयमा विद्युत नहुँदा कम्प्युटर प्रयोगविहीन भएका छन् ।

७ वर्षअघि नेपाल सरकार सञ्चार तथा प्रविधि मन्त्रालय र नेपाल दूर सञ्चार प्राधिकरणको सहयोगमा खत्याड गाउँपालिका वडा नम्बर १० मा रहेको महादेव माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई कम्प्युटर शिक्षासँगै इन्टरनेट सेवा दिने उद्देश्यका साथ साथ २४ वटा कम्प्युटर, ४ वटा सीसी  क्यामरा र इन्टरनेट सेवा सहयोग गरिएको थियो। त्यसैगरी वैकल्पिक सौर्य ऊर्जाबाट विद्यालयलाई सौर्य पातासहितको विद्युत् सहयोग गरिएको थियो ।

हाल विद्यालयमा विद्युत् नहुँदा जडान गरिएका कम्प्युटर, सीसी क्यामरा र इन्टरनेट मेसिनमा माकुराले जालो लगाएका छन् । विद्युत् सेवाको सहज पहुँच नहुँदा लाखौँ मुल्यका कम्प्युटर र अन्य सामग्री प्रयोगविहीन भएको विद्यालयले जानकारी दिएको छ ।

कक्षा ६, ७ र ८ का विद्यार्थीलाई कम्प्युटर शिक्षा विषय पढाई हुने गरेकोमा अहिले प्रयोगात्मक कक्षा सञ्चालन नगरी थन्काइएको छ ।  ‘गाउँका सिहंदरबार खत्याड गाउँपालिकामा विद्युत् व्यवस्थापनका लागि उचित बजेटको प्रबन्ध मिलाउन गाउँपालिकासँग आग्रह गरेका थियौँ, तर गाउँपालिकाले सुनेन ।  विद्यालयमा अन्य आर्थिक स्रोत पनि छैन। त्यसैले कम्प्युटर प्रयोगविहीन बनेका छ’, विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर रोकायाले भने ।

लामो समयसम्म प्रयोगविहीन कम्प्युटरमध्ये केही बिग्रिएका छन् । विद्यालयमा भएका कम्प्युटर प्रयोगविहीन हुने तर विद्यार्थीलाई सिक्न वा पढ्न नपाउने अवस्था देखिएको अभिभावक चन्द्रविर बुढाले गुनासो गरे।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ८ : ४८ बजे

किशोरी साहको रिटमा सुनुवाई सकियो

काठमाडौं- हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा-१ मा प्रत्यक्षतर्फ सबैभन्दा धेरै

‘पहिले लुकेर हुन्थ्यो, यसपटक खुलेआम अन्तरघात भयो’

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा लामो समयदेखि

२४ घण्टाभित्र इरानका दुई सय बढी ठाउँमा हमला

जेरुसेलम– इजरायली वायुसेनाले पछिल्लो २४ घण्टामा पश्चिमी र मध्य इरानका

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौं महानगर

काठमाडौं– सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौं

ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई आप्रवासी कामदारको मृत्यु

मुस्काट- ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई जनाको ज्यान गएको छ