बालबालिका शिक्षामा पैरवी गर्दै जिएसएस   | Khabarhub Khabarhub

बालबालिका शिक्षामा पैरवी गर्दै जिएसएस  


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु- ग्रामीण सामुदायिक संस्था जिएसएसले मुगुका दुर्गम क्षेत्रका बालबालिकाको शिक्षा, स्वास्थ्य र अपांगतालगायत विषयमा पैरवी गर्दै आएको छ । विषेशगरी उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका वडा नम्बर १ देखि ११ वडा सम्मका ३९ वटा विद्यालयमा शिक्षा, स्वास्थ्य, अपांगतालगायत विषयमा पैरवी गरिरहेको छ ।

संस्थाले विद्यालयमा बालबालिकाको पहुँच बढाउन बालमैत्री सिकाईका लागि कक्षा कोठा व्यवस्थापन र सिकाई सामग्री सहयोग पनि गर्दै आएको जिएसएस मुगुले जनाएको छ ।

युनाईटेड मिसन टु मुगु क्लष्टरको आर्थिक सहयोग र संस्थाको सहजीकरणमा गाउँपालिकाका ३९ वटा विद्यालयमा करिब दुई करोड बराबरको सहयोग गरेको जिएसएस मुगुका कार्यक्रम संयोजक बासु रावलले बताए । उनका अनुसार साथै गरिब विपन्न, असहाय, अपांगता भएका व्यक्तिलाई राहत प्रदान गर्दै आइरहेको छ ।

स्थानीय तहका दलित, विपन्न परिवारका छोरीलाई उच्चशिक्षा, प्राविधिक तहसम्मको शिक्षा समेत दिँदै आएको छ । यो कार्यक्रमले जिल्लाका दुई दर्जनभन्दा बढी दलित छात्राले लाभ लिइरहेका छन् ।

संस्थाका अनुसार अपांगता अधिकार तथा शिक्षा सुधार कार्यक्रमअन्तर्गत सोरुका लाभग्राहीलाई आत्मनिर्भर बनाउने हेतुले विभिन्न सीप प्रदान गरेको रावलको भनाइ छ ।

कार्यक्रमअन्तर्गत एक दर्जनभन्दा बढीले आर्यआर्जन,  बंगुरपालन , सिलाई कटाई, खरायो पालन, कुखुरा र बाख्रा पालन गरी आयआर्जनमा फड्को मारेको युएमएन मुगुका कार्यालय प्रमुख तेजेन्द्र सिंजालीले बताए ।

सोरु गाउँपालिकाका २८ वटा विद्यालयमा कक्षा १ मा बसाई व्यवस्थापनको लागि कुसन, कारर्पेट, पिफर्म, बालमैत्री शिक्षा प्रदानको लागि ४० प्रकारका शैक्षिक सामग्री किताब राख्ने दराज, शौचालय भवन निर्माण लगायत काम गरेको संस्थाले जानकारी दिएको छ ।

विकासका सन्दर्भमा राहत वितरण होस या जुनसुकै काम गर्न खोज्दा राजनीतिक हिसाबले गर्दा सेवा प्रवाहमा चुनौती भएको अध्यक्ष बलराम साहनीले बताए ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  १ : २९ बजे

निजी कारबाट १३३ किलो गाँजा बरामद, झाडीमा गाडी छाडेर भागे चालक

रौतहट– रौतहटको मध्यभाग गरुडास्थित प्रहरीले ब्रेजा कारभित्रबाट ठुलो परिमाणमा लागूऔषध

हेलिकप्टरबाट काठमाडौँ पठाइएका शिशुको उपचारका क्रममा मृत्यु

खोटाङ– जिल्ला अस्पतालमा जन्मिएका शिशुको काठमाडौँमा लगेर उपचार गर्ने क्रममा

जंगल क्षेत्रले ओगट्यो कुल भूमिको ४६.८ प्रतिशत, नक्सा सार्वजनिक

काठमाडौंं– राष्ट्रपति रामचन्द्र पौडेलले नेसनल ल्याण्ड कभर म्याप २०२०-२०२२ राष्ट्रिय

काठमाडौँका विद्यालयमा सटर हटाउने अभियान : अधिकांश बन्द, केही स्टे अर्डरले रोकिए

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विद्यालय परिसरमा सञ्चालित अनधिकृत सटर हटाउने

आयोनले ल्यायो ‘द एक्स्ट्राअर्डिनरी अफर’, ८ लाख सम्मको छुट पाइने

काठमाडौं– आयोनले ‘द एक्स्ट्राअर्डिनरी अफर’ नामक प्रोमोशनल अफर सार्वजनिक गरेको