नेपाल एपीएफ स्कूल कीर्तिपुर परिषरमा वृक्षारोपण  « Khabarhub

नेपाल एपीएफ स्कूल कीर्तिपुर परिषरमा वृक्षारोपण 


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल पूर्व सशस्त्र प्रहरी संघको आयोजनामा नेपाल एपीएफ स्कूल कीर्तिपुर परिषरमा शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त वृक्षारोपण कार्यक्रममा धुपी, अम्बा, सिरिस, कपुर र असारे फुल गरी ५३ वटा बिरुवा रोपिएको हो । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले वातावरण संरक्षण तथा सम्वर्धन कार्यमा सो संघले देखाएको अग्रसरताप्रति आभार प्रकट गर्दै यस्ता सामाजिक कार्यहरुमा सो संघको सक्रिय सहभागिता निरन्तर रहिरहने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले वृक्षारोपण कार्यक्रमले वातावरण स्वच्छ राख्न मद्दत पुग्ने बताउँदै आगामी दिनमा समेत यस्ता सामाजिक र वातावरणमैत्री कार्यक्रमका लागि नगरपालिकाको साथ र सहयोग रहिरहने उल्लेख गरे । स्वागत मन्तव्यको क्रममा नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापाले वातावरण संरक्षण कार्यमा हामी सबैको भूमिका महत्त्वपूर्ण रहने बताए।

उक्त वृक्षारोपण कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकद्वय किशोर कुमार लामा र सिंह बहादुर श्रेष्ठ लगायत सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ अधिकृतहरु, नेपाल पूर्व सशस्त्र प्रहरी संघका पदाधिकारी, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु र उक्त स्कूलका शिक्षक, विद्यार्थीहरूको समेत सहभागिता रहेको थियो  ।

सशस्त्र प्रहरी बल नेपालले कल्याणकारी सेवा केन्द्र मार्फत काठमाडौँको कीर्तिपुर, सप्तरीको शम्भुनाथ नगरपालिका र बाँकेको कोहलपुरमा एपीएफ स्कूलमार्फत आवासीय सुविधा सहित बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूका सन्ततिहरू तथा सर्वसाधारण नागरिकका जेहेन्दार बालबालिकाहरूलाई समेत उच्च स्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ३ : ०९ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको