एमाले बझाङको अध्यक्षमा भण्डारी निर्विरोध « Khabarhub

एमाले बझाङको अध्यक्षमा भण्डारी निर्विरोध


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- नेकपा एमाले बझाङको ८ औँ अधिवेशनबाट जिल्ला अध्यक्षमा दमन भण्डारी निर्विरोध चयन भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा उनीबाहेक अन्यले अध्यक्षमा उम्मेदवारी नदिएपछि भण्डारी निर्विरोध निर्वाचित भएका हुन् । भण्डारी अघिल्लो कार्यकालमा समेत अध्यक्ष थिए ।

अध्यक्षबाहेक अन्य पदमा भने निर्वाचन हुने भएको छ । सचिव, उपाध्यक्ष, सहसचिवलगायत पदमा भने एकभन्दा बढी व्यक्तिको उम्मेदवारी परेको छ ।

एमाले जिल्ला कमिटी सचिवका लागि नयन बोहरा, लोकेन्द्र हिलारी, लोकेन्द्र बहादुर सिंह (एलबी) र आनन्दलाल विक गरी चार जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा मोहनराज जोशी र विरेन्द्रबहादुर खड्का गरी दुई जनाको उम्मेदवारी परेको छ ।

यस्तै, उपसचिवमा भागरथिदेवी सिंह, लालबहादुर विष्ट, जुना जाग्री, घुरनबहादुर बोहरा र भुवनेश्वर उपाध्याय गरी पाँच जनाको उम्मेदवारी परेको छ । खुला सदस्य १४ जनाका लागि ३४ जनाको उम्मेदवारी परेको छ । आठ जना खुला महिला सदस्यका लागि १० जनाको उम्मेदवारी परेको नेकपा एमाले जिल्ला निर्वाचन समितिका निर्वाचन अधिकृत दिनेश धामीले बताए ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ५ : ०१ बजे

कासिबलाई जित्दै रवीन्द्र फाइनलमा

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गत युजिल्यान्डका कासिब

नर्वेका राजा हेराल्डको निधन, छोरा हाकोनले सम्हाले राजगद्दी

ओस्लो– नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको

केरूङमा आफैं खटिँदै चिनियाँ प्रधानमन्त्री ली, बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार अभियानलाई तीव्र बनाउँदै

काठमाडौं- नेपाल–चीन सीमावर्ती केरुङ क्षेत्रमा विनाशकारी बाढी-पहिरो गएको भोलिपल्टै चिनियाँ

रत्नचुडेश्वर महादेव पोखरीमा दिनभर दर्शनार्थीको भीड

भक्तपुर– नेपालको सानो गोसाइँकुण्डका रूपमा मानिने भक्तपुर चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित

 इरानविरुद्ध कारबाही जारी रहेको ट्रम्पको भनाइ

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिकी सैन्य कारबाही समाप्त