बर्खायामसँगै नाइरोबी फ्लाइ किराको सङ्क्रमण « Khabarhub

बर्खायामसँगै नाइरोबी फ्लाइ किराको सङ्क्रमण


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बर्खायामसँगै नाइरोबी फ्लाइ किरोको सङ्क्रमण देखिएको छ । नाइरोबी फ्लाइ जातको किरा देखिए पनि डराउनुपर्ने अवस्था नरहेको चिकित्सकले बताएका छन् ।

प्रायःजसो वर्षायाममा देखिने उक्त किरा अहिले पनि देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।अहिले नेपालको पूर्वी भेग तथा पश्चिमको कञ्चनपुरमा उक्त जातको किरा देखिएको महाशाखाको किटजन्य शाखा प्रमुख डा गोकर्ण दाहालले जानकारी दिए ।

काठमाडौँको सिभिल अस्पतालमा उक्त किराका कारण सङ्क्रमित भएका दुई जनाको उपचार गरिएको छ । उनका अनुसार गत वर्ष पनि उक्त किराको सङ्क्रमणका कारण तीन/चार बिरामी भेटिएका थिए । “अहिले पनि नाइरोबी फ्लाई किरा देखिन थालेको छ । किरा बाहिरी मुलुकबाट नआइ यही उत्पादन हुने गर्दछ”, दाहालले भने, “किराले लामखुट्टे जस्तो सङ्क्रमण एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सार्दैन । जनस्वास्थ्यमा ठूलोरुपमा यो किराले सङ्क्रमण ल्याउँदैन ।”

मानिसको शरीरमा आएर बस्ने र मानिसले किरालाई हातले फाल्दा किरामा थिचिन गई रस निस्कन्छ । उक्त रसमा रहेको पेडेरिन तत्व एसिडले छालामा सङ्क्रमण गराउँदछ । उनी किरालाई शरीरबाट सजिलै फाल्नसक्ने हो भने सङ्क्रमण नहुने बताउँछन्। “किरालाई सजिलैसँग शरीरबाट फाल्न सक्यो भने सङ्क्रमण हुँदैन”, दाहालले भने, “किरा नरम भएकाले शरीरबाट फाल्दा थिचिने गर्दछ र यसरी थिचिँदा किराबाट एसिड निस्कन्छ । जुन एसिड शरीरलाई हानि गर्दछ ।”

एसिड छालामा लागेपछि २४ घण्टा भित्रमा छाला रातो हुने, बिबिरा आउने, जनैखटिरा आउने, चिलाउने जस्ता लक्षण देखिने महाशाखाको किटजन्य शाखा प्रमुख डा दाहालले जानकारी दिए । “लक्षण देखिएपछि धेरै मानिस आफैँ सञ्चो भएर जान्छन्”, उनले भने, “सञ्चो नभएका नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि जानु पर्दछ ।”

प्रायःजसो सडेगलेका खानेकुरा, मरेको जनावर र फोहरमैला भएको ठाउँमा उक्त किरा देखिने र प्रजनन गराउने गर्दछ । किराबाट हुने सङ्क्रमणबाट पेडेरस डर्माटिटिइज जस्तो रोग लाग्ने गरेको उनले बताए । किराको सङ्क्रमणबाट देखिने रोगबारे छाला रोगका विशेषज्ञ र किरा विज्ञसँग छलफल गर्ने तयारी भइरहेको दाहालले बताए ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ५ : १५ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर