मधेस प्रदेश : दुई विधेयक पारित « Khabarhub

मधेस प्रदेश : दुई विधेयक पारित


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिपक्षी दलको बहिष्कारका बाबजुद मधेस प्रदेशसभाको बैठकबाट प्रदेश सरकारको विनियोजन विधेयकसहित दुईवटा विधेयक आज बहुमतले पारित गरेको छ । आज बसेको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरूले मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफलका क्रममा उठाएका प्रश्नहरूको सम्बन्धित विभागीय मन्त्रीहरूले जवाफ दिएपछि सरकारको विनियोजन विधेयक, २०७९ बहुमतले पारित भएको हो ।

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्याको शोक मनाउने सङ्घीय सरकारले निर्णय गरेको अवस्थामा आजको प्रदेशसभा बैठकमा शोक प्रस्ताव पारित गरी बैठक स्थगन गर्न माग गरिएको थियो । सभामुख सरोजकुमार यादवले उक्त प्रस्तावमाथि पछि छलफल गरौँला भन्दै बैठकअघि बढाउन खोजेपछि प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा (एमाले) का प्रदेशसभा सदस्यहरूले आजको बैठक बहिष्कार गरी बैठक कक्षबाट बाहिरिएका थिए ।

प्रतिपक्षी दलका प्रदेशसभा सदस्य बैठक कक्षबाट बाहिरिएपछि १५ मिनेटका लागि स्थगन भएको प्रदेशसभाको बैठक प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरूको अनुस्थितिमै पुनः सञ्चालन भएको थियो । सो बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतसहित सबै विभागीय मन्त्रीहरूले प्रदेशसभा सदस्यहरूबाट उठेका प्रश्नहरूको जवाफ दिए ।

मन्त्रीहरूको जवाफ सकिएपछि सभामुख यादवले प्रदेश सरकारको विनियोजन विधेयक २०७९ पारित भएको घोषणा गरे । प्रदेश सरकारका अर्थमन्त्री साहले गत असार १ गते प्रदेशसभा बैठकमा आगामी आव २०७९/८० का लागि रु ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए ।

यस्तै मधेस प्रदेशसभाको आजैको बैठकले प्रदेशसभा सचिवालय सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बैठकमा मधेस प्रदेश सरकारका कानुन, न्याय तथा प्रदेश मामिलामन्त्री प्रमोदकुमार यादवले प्रस्तुत गर्नुभएको सो विधेयक पारित भएको सभामुख यादवले घोषणा गरे ।

त्यस्तै आजको बैठकले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्याप्रति शोक प्रस्ताव पारित गरेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । प्रदेशसभाको अर्को बैठक भोलि असार २६ गते बिहान ९ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ९ : ४४ बजे

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति