कोभिड–१९ सङ्क्रमण वृद्धिपछि इरानले प्रवेशमा पुन: कडाइ गर्दै « Khabarhub

कोभिड–१९ सङ्क्रमण वृद्धिपछि इरानले प्रवेशमा पुन: कडाइ गर्दै


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– कोभिड सङ्क्रमण दरमा पुनः वृद्धि हुन थालेको भन्दै इरानले आफ्नो सीमाना र हवाई नाकालाई कडा पार्ने घोषणा गरेको छ ।

सङ्क्रमणमा हालै भएको वृद्धिलाई शनिबार उद्धृत गर्दै इरानी राष्ट्रपति इब्राहिम रायसीले यात्रुहरूले कोभिड परीक्षण र ईरानी स्वास्थ्य नियमहरूको पूर्ण पालना गर्दा मात्र इरानमा प्रवेश प्राप्त गर्न सक्ने बताएका हुन् ।

इरानी विशेषज्ञहरूले ओमिक्रोनका दुई द्रूत गतिमा फैलिएका उप–प्रजातीहरू आगामी हप्ताहरूमा इरानकम समस्याको रूपमा आउन सक्ने बताएका छन् ।

इरानी राष्ट्रपतिको वेबसाइटमा बताइएअनुसार कोभिड–१९ महामारीविरूद्धको राष्ट्रिय समितिको बैठकमा गरेको आफ्नो सम्बोधनमा रायसीले इरानलाई सबै भूमि, वायु र समुद्री प्रवेश नाकाहरूमा स्वास्थ्य नियम र निर्देशनहरू अझ कडा सँग पालन गर्न गराउन निर्देशन दिएका हुन् ।

उनले कोभिड–१९ खोपको अतिरिक्त मात्रा लिनुपर्ने आवश्यकताबारे बोल्दै सबै नागरिकलाई यसका लागि सचेतना फैलाउने कार्यक्रम लिएर जान समितिलाई निर्देशन गरेका छन् ।

आधारभूत स्वास्थ्य समस्या भएकाहरूले विशेष गरी सावधानी अपनाउनुपर्ने भन्दै उनले प्राथमिकताका आधारमा कोभिड–१९ विरूद्धको अतिरिक्त खोप अभियान देशैभरी तुरून्तै पुर्‍याउनुपर्नेमा पनि जोड दिएका छन् ।

इरानी स्वास्थ्य मन्त्रालयको वेबसाइटमा उल्लेख गरिएअनुसार अप्रिल २७ पछि सोमबार पहिलो पटक इरानको दैनिक सङ्क्रमण दर एक हजारभन्दा बढी देखिएको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ११ : ०८ बजे

नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिभुवन विश्वविद्यालय

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत विश्वविद्यालयका सेवा प्रवाहलाई थप प्रभावकारी,

पेरिसमा दिनेश अधिकारीको ‘एकल काव्य साँझ’

काठमाडौँ– फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली भाषा

ग्वार्को फ्लाईओभरको पर्खालमा ठोक्कियो बस, एक जनाको मृत्यु, १० घाइते

काठमाडौँ – ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक

ओमानको मस्कटमा नेपाल–ओमान व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रम

ओमान- ओमानको मस्कटस्थित नेपाली राजदूतावासले नेपाल–ओमानबीच व्यापार तथा लगानी प्रवर्द्धन

सुनको मूल्य तोलाको तीनलाख नजिक, एकै दिन ८ हजार रुपैयाँले वृद्धि

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ ।