७ प्रतिवादी पुर्पक्षका लागि कारागार चलान « Khabarhub

७ प्रतिवादी पुर्पक्षका लागि कारागार चलान


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखा नगरपालिका–८ स्थित नयाँबस्तीका २० वर्षीय अनिल आलेको हत्याका आरोपी सात प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

जिल्ला अदालतले आले हत्या आरोपका प्रतिवादीलाई कारागार चलान गर्न आदेश दिएपछि उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सोमदास ढकालले जानकारी दिए ।

कारागार चलान हुनेमा हत्याका आरोपी गोरखा –८ का २० वर्षीय शिशिर थापा, पालुङटार नगरपालिका–८ का १९ वर्षीय सचिनबाबु कोइराला, वडा नं २ का १९ वर्षीय सुलभ रानामगर रहेका छन् । त्यस्तै धार्चे गाउँपालिका वडा नं ५ का २३ वर्षीय सुरेश सुनार, बारपाक सुलिकोट गाउँपालिका–४ का २१ वर्षीय विष्णु विक, तनहुँ बन्दीपुर गाउँपालिका–६ का १९ वर्षीय प्रथम गुरुङ र दाङ गढवा गाउँपालिका–८ का ४२ वर्षीय नरेश बुढामगर पनि आलेलाई कारागार चलान गरिएको उनले बताए ।

गत असार ३० गते बिहान गोरखा–८ मा पर्ने नयाँबस्ती टोलस्थित सडकखण्डमा नालीमा मृतावस्थामा भेटिएपछि प्रहरीले आलेको हत्या भएको आङ्शका उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानपछि उनीहरुमाथि कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेकामा अदालतले सबैलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ९ : ५९ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको