अघि बढ्यो प्रत्यक्षमा ५० प्रतिशत सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव « Khabarhub

अघि बढ्यो प्रत्यक्षमा ५० प्रतिशत सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आसन्न प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव संसदमा अगाडि बढाइएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको सिटमा आधा महिला उम्मेदवार हुनुपर्ने सम्बन्धी दर्ता भएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल भइरहेको छ ।

प्रतिनिधिसभा सदस्य अमृता थापा मगर प्रस्तावक रहेको यो प्रस्तावमा लक्ष्मी परियार, लक्ष्मी कुमारी चौधरी, चन्दा चौधरी, रंगमति शाही, बिना बुढाथोकी, लीलादेवी सिटौला, दुर्गा पौडेल, रेखा शर्मा, यशोदा गुरूङ सुवेदी, रेनुका गुरूङ र प्रमिला राई समर्थक छन् ।

जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गर्नुको दुई वटा उद्देश्य छन् ।

१. संघीय संसद्को प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचन प्रणाली अन्तरगत उम्मेदवारी दिँदा प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवारी दिनुपर्नेछ।

२. स्थानीय तहको निर्वाचनमा प्रमुख अध्यक्ष, उपप्रमुख उपाध्यक्ष, वडाध्यक्ष, जिसस प्रमुख र उपप्रमुखमा हरेक दलले कम्तीमा पचास प्रतिशत महिला उम्मेदवारी दिनुपर्नेछ।

साथै मंगलबारकै बैठकमा सांसद विन्दा पाण्डेले पनि आगामी निर्वाचनमा प्रदेशसभा र संघीय संसद्को निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन आवश्यक भएको भन्दै ध्यानाकर्षण प्रस्ताव पेस गरेकी छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १२ : ५४ बजे

गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु

एजेन्सी– गाजा पट्टीमा शनिबार भएको इजरायली हवाई आक्रमणमा ११ जनाको

निर्वाचन आचारसंहिता कार्यान्वयनमा भोजपुरका सबैपक्ष प्रतिबद्ध

भोजपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

रास्वपाका दर्जनौँ नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश

राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुपुर गाउँपालिका अध्यक्ष पदका प्रत्यासी मुनिलाल

तेस्रो मुलुकका नागरिकलाई छ वर्षपछि खुल्यो जमुनाह नाका

नेपालगञ्ज– जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु भएको

जुम्लामा नौ सय चौहत्तर निर्वाचन प्रहरी छनोट

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि