अघि बढ्यो प्रत्यक्षमा ५० प्रतिशत सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव « Khabarhub

अघि बढ्यो प्रत्यक्षमा ५० प्रतिशत सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आसन्न प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव संसदमा अगाडि बढाइएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको सिटमा आधा महिला उम्मेदवार हुनुपर्ने सम्बन्धी दर्ता भएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल भइरहेको छ ।

प्रतिनिधिसभा सदस्य अमृता थापा मगर प्रस्तावक रहेको यो प्रस्तावमा लक्ष्मी परियार, लक्ष्मी कुमारी चौधरी, चन्दा चौधरी, रंगमति शाही, बिना बुढाथोकी, लीलादेवी सिटौला, दुर्गा पौडेल, रेखा शर्मा, यशोदा गुरूङ सुवेदी, रेनुका गुरूङ र प्रमिला राई समर्थक छन् ।

जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गर्नुको दुई वटा उद्देश्य छन् ।

१. संघीय संसद्को प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचन प्रणाली अन्तरगत उम्मेदवारी दिँदा प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवारी दिनुपर्नेछ।

२. स्थानीय तहको निर्वाचनमा प्रमुख अध्यक्ष, उपप्रमुख उपाध्यक्ष, वडाध्यक्ष, जिसस प्रमुख र उपप्रमुखमा हरेक दलले कम्तीमा पचास प्रतिशत महिला उम्मेदवारी दिनुपर्नेछ।

साथै मंगलबारकै बैठकमा सांसद विन्दा पाण्डेले पनि आगामी निर्वाचनमा प्रदेशसभा र संघीय संसद्को निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन आवश्यक भएको भन्दै ध्यानाकर्षण प्रस्ताव पेस गरेकी छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १२ : ५४ बजे

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी