स्थानीय निर्वाचनलाई हेरेर सिट बाँडफाँड हुनुपर्छ : नेता खनाल « Khabarhub

स्थानीय निर्वाचनलाई हेरेर सिट बाँडफाँड हुनुपर्छ : नेता खनाल


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धनबीच समान ढंगले सिट बाँडफाँट हुनुपर्ने बताएका छन्।

नेपाली चियाको गुणस्तरका बारेमा उठेका जिज्ञासाहरूका बारेमा प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट गरेपछि मंगलबार बालुवाटारमा सञ्चारकर्मीसँग  कुरा गर्दै खनालले गठबन्धनमा तालमेल हुँदा सबै दलको हैसियत अनुसार समान ढंगले सिट बाँडफाँड हुनुपर्ने बताए हो

स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर आगामी प्रदेश र संघको निर्वाचनमा सिट बाँडफाँड गर्न आवश्यक रहेको उनको भनाइ छ । त्यस्तै खनालले वाम एकताको लागि सबैभन्दा ठूलो दल दल नै उदासीन रहेको अहिले नै बृहत् बाम एकताको सम्भावना नरहेको धारणा राखे।

त्यस्तै उनले नेपालमा उत्पादन भइरहेको चियाको मुख्य बजार भारत रहे पनि भारतको ३१ सदस्यीय संसदीय टिमले नेपाली चिया गुणस्तरहीन भएको प्रतिवेदन बुझाएको प्रति सरकारले आवश्यक कदम चाल्नुपर्ने भएकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताए।

भारतको उक्त प्रतिवेदनले चिया उत्पादकहरू चिन्तामा परेका कारण यसबारे सरकारले भारतसँग छलफल गर्नुपर्ने उनको भनाइ छ । त्यस्तै खनालले परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमणमा क्रममा बीआरआई र सीमा समस्याका बारेमा कुराकानी गर्नुपर्ने धारणा राखे।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  २ : ०२ बजे

बारामा आजै रातिबाट मतगणना तयारी, करिब ६० प्रतिशत मतदान

बारा – बारामा बिहीबार सम्पन्न निर्वाचनपछि आजै रातिबाट मतगणना सुरु

टी–२० विश्वकप : फाइनलमा पुग्न भारतले इंग्ल्यान्डलाई दियो २५४ रनको विशाल लक्ष्य

काठमाडौं – आइसीसी टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले आक्रामक ब्याटिङ

नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि भारतले गर्‍यो प्रशंसा

काठमाडौं – भारतले नेपालमा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वागत गर्दै

सर्लाहीमा यसरी गरिँदै छ मतपेटिका संकलन (तस्बिरहरू)

सर्लाही – सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ को मतपेटिका संकलन

नेपालमा शान्तिपूर्ण निर्वाचन भएको भन्दै अमेरिकाले दियो बधाई

काठमाडौं – नेपालमा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै