निर्वाचनका लागि एमालेले गरायो दल दर्ता | Khabarhub Khabarhub

निर्वाचनका लागि एमालेले गरायो दल दर्ता


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले प्रदेश र संघीय निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

मंगलबार एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेताहरू आयोग पुगेर आगामी निर्वाचनका लागि दल दर्ता गराएका हुन् ।

दल दर्तापछि एमाले उपमहासचिव ज्ञवालीले आगामी निर्वाचनमा एमाले गठबन्धन बनाएर चुनाव नलड्ने बताए। ज्ञवालीले विचार र एजेन्डा मिल्नेहरूसँग कहीँ कतै तालमेल हुनसक्ने जिकिर गरे।

निर्वाचनमा दलहरूका आफ्ना बिचारहरू जनतामाझ लगेर जनमत लिनुपर्ने भए पनि अहिलेको देखिएको गठबन्धनको प्रवृत्ति लोकतन्त्रका लागि दीर्घकालीन रूपमा स्वास्थ्यकर नरहेको उनले बताए।

ज्ञवालीले कांग्रेस जस्तो कुनै समयमा दुई तिहाइ बहुमत ल्याएको पार्टी अहिले तालमेल नगरी एउटा पनि निर्वाचन क्षेत्रमा लड्न नसक्ने अवस्थामा पुग्नु राम्रो नभएको धारणा पनि राखे।

बलियो दललाई गठबन्धन आवश्यक नपर्ने र कमजोर मात्रै गठबन्धन बनाएर जाने गरेको उनको भनाइ छ । आगामी निर्वाचनमा हालसम्म निर्वाचन आयोगमा १० वटा दलले दर्ता गरेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  २ : ३९ बजे

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– अमेरिका पठाइदिने प्रलोभनमा एक करोड १८ लाख ५९ हजार

आहार विहारमा ध्यान दिए जस्तै ट्राफिक नियम पालना गरौँ : मुख्यमन्त्री अधिकारी

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्दा

आजका समाचार : उपेन्द्र सर्वाेच्च जानेदेखि सुनील पौडेललाई ९ वर्ष कैदसम्म

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु

नुवाकोटमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौं– नुवाकोटमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु