भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै, पछिल्लो २४ घण्टामा १३ हजारभन्दा कम फेला « Khabarhub

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै, पछिल्लो २४ घण्टामा १३ हजारभन्दा कम फेला


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो २४ घण्टामा भारतमा १३ हजार भन्दा कम कोरोना भाइरसका सङ्क्रमित फेला परेका छन् । सरकारी अधिकारीले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १२ हजार ७५१ नयाँ सङ्क्रमित फेला परेका हुन् ।

यसअघि हिजो प्रकाशित तथ्याङ्कअनुसार आइतबार भारतमा १६ हजार १६७ व्यक्ति सङ्क्रमित भएका थिए । यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४१ लाख ७४ हजार ६५० सङ्घीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख ३१ हजार ८०७ रहेको छ ।

त्यहाँ कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ४२ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २६ हजार सात सय ७२ व्यक्तिको मृत्यु भइसकेको छ । यहाँ कूल चार करोड ३५ लाख भन्दा बढी कोरोनामुक्त भएका छन् ।

एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म २ अर्ब ६ करोड ५७ लाख भन्दा बढी मात्रा खोप लगाइएको छ ।

भारतमा कोरोना सुरु भएबाट हालसमम ८७ करोड ८० लाख भन्दा बढी व्यक्तिको कारोना भाइरस परीक्षण भएको जनाइएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ४ : ५० बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको