शिवम् सिमेन्ट र षट्कोण आर्टस्बीच सम्झौता | Khabarhub Khabarhub

शिवम् सिमेन्ट र षट्कोण आर्टस्बीच सम्झौता


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– नेपालको अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेड र षट्कोण आर्टस्बीच नेपाली कथानक चलचित्र ‘महापुरुष’ का लागि आर्थिक तथा प्रर्वद्धनात्मक क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धताका साथ आज सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । उक्त हस्ताक्षर कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भाइस प्रेसिडेन्ट, के.पि. रिजाल, कन्ट्रीहेड निखिल अग्रवाल र डि.जि.एम. मार्केटिङका केशव अर्यालकाे उपस्थिति रहेको थियो भने षट्कोण आर्टस्को तर्फबाट निर्देशक प्रदिप भट्टराई, निर्माता रविन्द्र सिंह बानियाँ, कलाकार राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्री लगायत अन्य कलाकारहरूको उपस्थिति रहेको थियो ।

उक्त चलचित्र आगामी कात्तिक ११ मा  रिलिज हुने भएको छ र मुख्य कलाकारको रुपमा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल लगायतका कलाकारहरू रहेका छन् र चलचित्रको लेखन तथा निर्देशन प्रदिप भट्टराईले गरेका छन् । पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रलाई आर्थिक रुपमा सवल बनाई गुणस्तर विस्तार गर्न विभिन्न ब्राण्डहरुसंग सहकार्य गर्ने क्रम बढ्दै गएको छ । सोही क्रमको निरन्तरता स्वरुप एक आपसको भरोसालाई मजबुत पार्ने उद्देश्यले शिवम् सिमेन्ट लिमिटेडले मह सञ्चारको अघिल्लो चलचित्र शत्रु गते, दालभात तरकारी लगाएतका फिल्महरुमा समेत सहकार्य गरेको थियो ।

त्यसबाट दुबै पक्षलाई एक–आपसको प्रर्बद्धनमा थप टेवा पुग्नुको साथै बजारबाट पनि सकारात्मक प्रतिक्रिया आएको थियो । सोही क्रमको निरन्तरता स्वरुप आज शिवम् सिमेन्ट र षड्कोण आर्टसबीच मह अभिनीत महापुरुष चलचित्रमा पनि सहकार्य गर्ने सम्झौता सम्पन्न भएको हो ।  उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा षट्कोण आर्ट्का तर्फबाट निर्देशक प्रदिप भट्टराईले शिवम् सिमेन्ट जस्तो अग्रणी ब्रान्डसँग सहकार्य गरी चलचित्र निर्माण एवम् प्रवर्द्धनमा थप टेवा पुग्नुका साथै अन्य ब्रान्डलाई समेत सहकार्य गर्न हौसला मिलेको बताए । साथै यसरी विभिन्न ब्राण्डहरूले चलचित्र क्षेत्रमा सहकार्य गर्नु सकारात्मक भएको बताउँदै शिवम् सिमेन्ट प्रति आभार व्यक्त गरेका थिए । शिवम् सिमेन्ट लिमिटेडले आफूप्रतिको भरोसालाई मजबुत पार्दै विभिन्न क्षेत्रहरूमा जस्तै, शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाइ, मनोरञ्जन जस्तो क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।

‘भरोसा अटुट सम्बन्धको’, ‘गुणस्तरको पहिचान हो शिवम्’, ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’ तथा ‘क्वालीटीको मामलामा नो कम्प्रोमाइज ,जस्ता मूल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ । देशको विभिन्न ठुल्ठूला राष्ट्रिय गौरवका आयोजनाहरूमा आफ्नो महत्वपूर्ण भूमिका निभाउदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरीय भएको प्रमाणित भई सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालीटी अवार्ड -२०१९  प्रथमबाट सम्मानित भएको थियो ।

ओपीसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिन्कर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली  ओपीसी  सिमेन्ट बन्न सफल भएको हो ।

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा  आइएसआई, युआरएस प्रमाणित आईएसओ सर्टिफिकेट प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ५ : ४६ बजे

वीरगञ्ज भन्सारबाट एक अर्ब राजस्व संकलन 

वीरगञ्ज– मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक

डा. आरजु राणाको शल्यक्रिया सम्पन्न

 काठमाडौं– पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेस केन्द्रीय

राप्रपाले इलाम २ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने  

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) ले इलाम २ मा

अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध : मन्त्री सिंह

सिरहा– मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक अस्पतालमा

हात्तीको आक्रमणबाट एक महिलाको  मृत्यु

झापा– झापाको शिवसताक्षी नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु