जबर्जस्ती करणी मुद्दाका फरार एक जना पक्राउ « Khabarhub

जबर्जस्ती करणी मुद्दाका फरार एक जना पक्राउ


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले जबर्जस्ती करणी मुद्दामा कैद तोकिएर फरार रहेका एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१४ कालीमाटीमा ग्यारेज/वर्कशप सञ्चालन गरी बस्ने भारत मोतीहारी तुरकौलिया थाना रगुनाथपुर गाउँका ४७ वर्षीय सकील खानलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

उच्च अदालत पाटनको २०७६ भदौ ८ गतेको फैसलाले जबर्जस्ती करणी मुद्दामा पाँच वर्ष कैद ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौँको कुलेश्वरबाट पक्राउ गरेको हो । 

खानले विसं २०७३ फागुन ८ गते ३२ वर्षीया महिलालाई मादक पदार्थ सेवन गराई व्यापारका लागि सामान किन्न भारत लैजाने बहानामा बसुन्धारास्थित एक होटलमा लगेर करणी गरेका थिए । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ७ : ५१ बजे

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय

राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय बजारबाट ८५