युवा सङ्घमा ४९१ सदस्यीय केन्द्रीय कमिटी « Khabarhub

युवा सङ्घमा ४९१ सदस्यीय केन्द्रीय कमिटी


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय युवा सङ्घ, नेपालले ४९१ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको छ । काठमाडौँमा नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठकले केही पदाधिकारी थप्दै ४९१ केन्द्रीय कमिटी बनाएको सङ्घका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

उपाध्यक्षमा क्रान्ति बुर्लाकोटी, सन्तोष रावल, अमित लामा, अञ्जना अधिकारी, सुमन पुरी, युवराज श्रेष्ठ, कृष्णहरि केसी, रामजी सापकोटा र सीता सुवेदी रहेका छन् ।

महासचिवमा क्षितिज थेवे, उपमहासचिवद्वयमा रमेश तिवारी र विजय डाँगी, सचिवमा विकास ज्ञवाली, बैजनाथ साह, विस्ना चन्द रहेका छन् । बैठकले कात्तिक १० गतेभित्र जिल्ला अधिवेशन, भदौ पहिलो हप्ताभित्र वडा तहको अधिवेशन र भदौ २१ गतेभित्र पालिका अधिवेशन गर्ने अध्यक्ष पौडेलले जानकारी दिए ।

युवा सङ्घले प्रत्येक कमिटीमा युथ फोर्स, साइबर सर्कल र निर्वाचन परिचालन कमिटी गठन गर्नसमेत निर्देशन दिएको छ । युवा सङ्घले प्रत्येक कमिटी सर्वसम्मत चयन गर्न पनि निर्देशन दिएको उनले बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १० : २२ बजे

रास्वपा र काठमाडौंका मेयर बालेनबीच सात बुँदे राजनीतिक सहमति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल पुस १३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १३ गते आइतबार तदनुसार

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय