विश्व इतिहासमा आज : उत्तर कोरियाको स्थापनादेखि एलिजाबेथको शासन कीर्तिमानसम्म  « Khabarhub

विश्व इतिहासमा आज : उत्तर कोरियाको स्थापनादेखि एलिजाबेथको शासन कीर्तिमानसम्म 


२४ भदौ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल भदौ २४ गते शुक्रबार । सन् २०२२ को सेप्टेम्बर ९ तारिख । आजको दिन इतिहासमा भएका केही महत्त्वपूर्ण घटनाक्रम यस्ता छन् :

सन् २०१५ सेप्टेम्बर ९ मा महारानी एलिजाबेथ द्वितीय सबैभन्दा लामो शासन गर्ने बेलायती शासक बनेकी थिइन् । रानी भिक्टोरियाको ६३ वर्ष, ७ महिना र २ दिन शासन गरेको कीर्तिमान तोड्दै महारानी एलिजाबेथ बेलायतको सर्वाधिक लामो शासन गर्ने रानी बनेकी थिइन् ।

सन् २००१ सेप्टेम्बर ९ मा जकार्तास्थित अष्ट्रेलियाली राजदूतावास बाहिर कार बम विस्फोट हुँदा १० जनाको मृत्यु भएको थियो ।

सन् १९९३ सेप्टेम्बर ९ मा प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन पीएलओले इजरायललाई वैध राज्यको औपचारिक मान्यता दिएको थियो ।

सन् १९९१ सेप्टेम्बर ९ मा सोभियत संघको अधिनबाट ताजिकिस्तानले स्वतन्त्रता घोषणा गरेको थियो । सन् १९९१ मा सोभियत संघ पतन भएसँगै ताजिकिस्तानले स्वतन्त्रता प्राप्त गरेको थियो ।

सन् १९४८ सेप्टेम्बर ९ मा किम इल सुङले उत्तर कोरियाको स्थापना गरेका थिए । दोस्रो विश्वयुद्धमा पूर्वी एसियामा जापानको पराजयसँगै सोभियत संघको सहयोगमा किम इल सुङले कोरियाली प्रायद्विपमा प्रजातान्त्रिक जनगणतन्त्र स्थापना गरेका थिए ।

सन् १८९० सेप्टेम्बर ९ मा ‘केएफसी’ का संस्थापक र अमेरिकी व्यापारी कर्नल स्यान्डर्सको जन्म भएको थियो । सन् १९८० डिसेम्बर १६ मा ल्यूकेमिया रोगका कारण स्यान्डर्सको ९० वर्षको उमेरमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २४ भदौ २०७९, शुक्रबार  ६ : २६ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम