विश्व इतिहासमा आज : उत्तर कोरियाको स्थापनादेखि एलिजाबेथको शासन कीर्तिमानसम्म  « Khabarhub

विश्व इतिहासमा आज : उत्तर कोरियाको स्थापनादेखि एलिजाबेथको शासन कीर्तिमानसम्म 


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल भदौ २४ गते शुक्रबार । सन् २०२२ को सेप्टेम्बर ९ तारिख । आजको दिन इतिहासमा भएका केही महत्त्वपूर्ण घटनाक्रम यस्ता छन् :

सन् २०१५ सेप्टेम्बर ९ मा महारानी एलिजाबेथ द्वितीय सबैभन्दा लामो शासन गर्ने बेलायती शासक बनेकी थिइन् । रानी भिक्टोरियाको ६३ वर्ष, ७ महिना र २ दिन शासन गरेको कीर्तिमान तोड्दै महारानी एलिजाबेथ बेलायतको सर्वाधिक लामो शासन गर्ने रानी बनेकी थिइन् ।

सन् २००१ सेप्टेम्बर ९ मा जकार्तास्थित अष्ट्रेलियाली राजदूतावास बाहिर कार बम विस्फोट हुँदा १० जनाको मृत्यु भएको थियो ।

सन् १९९३ सेप्टेम्बर ९ मा प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन पीएलओले इजरायललाई वैध राज्यको औपचारिक मान्यता दिएको थियो ।

सन् १९९१ सेप्टेम्बर ९ मा सोभियत संघको अधिनबाट ताजिकिस्तानले स्वतन्त्रता घोषणा गरेको थियो । सन् १९९१ मा सोभियत संघ पतन भएसँगै ताजिकिस्तानले स्वतन्त्रता प्राप्त गरेको थियो ।

सन् १९४८ सेप्टेम्बर ९ मा किम इल सुङले उत्तर कोरियाको स्थापना गरेका थिए । दोस्रो विश्वयुद्धमा पूर्वी एसियामा जापानको पराजयसँगै सोभियत संघको सहयोगमा किम इल सुङले कोरियाली प्रायद्विपमा प्रजातान्त्रिक जनगणतन्त्र स्थापना गरेका थिए ।

सन् १८९० सेप्टेम्बर ९ मा ‘केएफसी’ का संस्थापक र अमेरिकी व्यापारी कर्नल स्यान्डर्सको जन्म भएको थियो । सन् १९८० डिसेम्बर १६ मा ल्यूकेमिया रोगका कारण स्यान्डर्सको ९० वर्षको उमेरमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ६ : २६ बजे

आजका समाचार : सरकारका सयदिने उपलब्धिबारे संदनलाई जानकारी, संविधान संशोधनले द्वन्द्व निम्तिने गगनको चेतावनी, ओलीलाई नेतृत्व छाड्न दबाब र हर्मुजमा फेरि तनाव

प्रधानमन्त्रीले गरे निर्माण व्यवसायीसँग छलफल, समस्या समाधान गर्ने प्रतिबद्धताप्रधानमन्त्री वालेन्द्र

टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ

काठमाडौं– विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा कम्पनीका तत्कालीन

सेवानिवृत्त मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत

काठमाडौं– सेवानिवृत्त मुख्य सचिव सुमनराज अर्याललाई बिदाइ तथा नवनियुक्त मुख्य

‘पदका लागि आफ्नै ससुरासँग भिड्नेले कांग्रेस मिलाउन सक्दैन, नयाँ पार्टीमा चौकिदार हुन्छु’

काठमाडौं- पछिल्लो समय पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेर सम्पर्क कार्यालय

प्रतिनिधिसभाबाट चार विधेयकमा राष्ट्रियसभाका संशोधन स्वीकृत

काठमाडौं- प्रतिनिधिसभाले विभिन्न चार विधेयकमा राष्ट्रियसभाबाट भएका संशोधनलाई स्वीकृत गरेको छ।