सीपीएल छाडेर स्वदेश फर्कँदै सन्दीप, भन्छन्- निर्दोष छु « Khabarhub

सीपीएल छाडेर स्वदेश फर्कँदै सन्दीप, भन्छन्- निर्दोष छु


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बालिका करणी गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले केही दिनमै स्वदेश फर्किने बताएका छन्।

सामाजिक सञ्जालमार्फत सन्दीपले आफूमाथि लागेको आरोपले स्तब्ध भएको र सीपीएल छोडेर केही दिनमा स्वदेश फर्कने जानकारी दिएका हुन् । आरोप निराधार भएको भन्दै उनले कानुनी लडाइँ लड्न तयार रहेको प्रतिक्रिया दिएका छन्।

‘म स्तब्ध छु र राख्छु, नेपालको कानुनलाई पूर्ण विश्वास गर्दै सीपीएल छाडेर केही दिनमै नेपाल फर्कँदै छु । म यो आधारहीन आरोपको सामना गर्न तयार छु। आशा छ कि कानुनले सबैलाई बराबर न्याय दिनेछ।’ सन्दीपले लेखेका छन्।

गत भदौ ५ गते सन्दीपले १७ वर्षे किशोरी करणी गरेको नेपाल पुलिसमा उजुरी परेको थियो। यसपछि अदालतले बिहीबार मात्रै उनलाई पक्राउ पुर्जी आदेश दिएको छ।

नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई राष्ट्रिय टिमबाटै बिहीबार निलम्बन गरिसकेको छ।

सीपीएलको सिलसिलामा हाल उनी वेष्ट इन्डिजमा छन्।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ८ : ०८ बजे

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज