सीपीएल छाडेर स्वदेश फर्कँदै सन्दीप, भन्छन्- निर्दोष छु « Khabarhub

सीपीएल छाडेर स्वदेश फर्कँदै सन्दीप, भन्छन्- निर्दोष छु


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बालिका करणी गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले केही दिनमै स्वदेश फर्किने बताएका छन्।

सामाजिक सञ्जालमार्फत सन्दीपले आफूमाथि लागेको आरोपले स्तब्ध भएको र सीपीएल छोडेर केही दिनमा स्वदेश फर्कने जानकारी दिएका हुन् । आरोप निराधार भएको भन्दै उनले कानुनी लडाइँ लड्न तयार रहेको प्रतिक्रिया दिएका छन्।

‘म स्तब्ध छु र राख्छु, नेपालको कानुनलाई पूर्ण विश्वास गर्दै सीपीएल छाडेर केही दिनमै नेपाल फर्कँदै छु । म यो आधारहीन आरोपको सामना गर्न तयार छु। आशा छ कि कानुनले सबैलाई बराबर न्याय दिनेछ।’ सन्दीपले लेखेका छन्।

गत भदौ ५ गते सन्दीपले १७ वर्षे किशोरी करणी गरेको नेपाल पुलिसमा उजुरी परेको थियो। यसपछि अदालतले बिहीबार मात्रै उनलाई पक्राउ पुर्जी आदेश दिएको छ।

नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई राष्ट्रिय टिमबाटै बिहीबार निलम्बन गरिसकेको छ।

सीपीएलको सिलसिलामा हाल उनी वेष्ट इन्डिजमा छन्।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ८ : ०८ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको