स्वास्थ्य कार्यालय लमजुङ गण्डकी प्रदेशमै उत्कृष्ट « Khabarhub

स्वास्थ्य कार्यालय लमजुङ गण्डकी प्रदेशमै उत्कृष्ट


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

लमजुङ – स्वास्थ्य कार्यालय लमजुङ गण्डकी प्रदेशका स्वास्थ्य कार्यालयहरुको मूल्यांकनमा प्रदेशकै उत्कृष्ट भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले गरेको स्वास्थ्य कार्यक्रमहरुको कार्यसम्पादन मूल्यांकनको आधारमा ११ जिल्लाका स्वास्थ्य कार्यालयहरुमध्ये स्वास्थ्य कार्यालय लमजुङ सबैभन्दा उत्कृष्ट भएको हो ।

स्वास्थ्य निर्देशनालयले गरेको विभिन्न सूचकका आधारमा कार्यालयको मूल्याकंन गर्दा स्वास्थ्य कार्यालय लमजुङ सबैभन्दा धेरै ८३८ अंक प्राप्त गरी प्रदेशकै उत्कृष्ट भएको छ ।

प्रदेशका ११ जिल्लामध्ये स्वास्थ्य कार्यालय म्याग्दी ८१.३ अंक सहित दोस्रो र स्वास्थ्य कार्यालय नवलपरासी ७९.२ अंक ल्याई तेस्रो स्थानमा रहको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पोष्टर प्रदर्शनीमा पनि उत्कृष्ट भएको छ । बेसीशहरमा दुई दिनसम्म भएको वार्षिक समीक्षा कार्यक्रममा सहभागी पाँचजिल्लाका स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्रहरुको स्वास्थ्य गतिविधि समेटिएको पोष्टर प्रदर्शनीमा लमजुङको स्वास्थ्य कार्यालय उत्कृष्ट भएको हो ।

यस्तै, जिल्ला अस्पताल लमजुङ दोस्रो र स्वास्थ्य कार्यालय नवलपरासी तेस्रो भएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ८ : ५५ बजे

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो