कनकाईमा ‘मास लाइट’ जडान | Khabarhub Khabarhub

कनकाईमा ‘मास लाइट’ जडान


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

झापा – जिल्लाको कनकाईमा ‘मास लाइट’जडान धमाधम भइरहेको छ। नेपाल विद्युत् प्राधिकरण र कनकाई नगरपालिकाको सहकार्यमा मास लाइट जडान गर्न लागिएको हो।

नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार रु दुई करोड ६० लाखको लागतमा चारवटा मास लाइट तथा एक सय स्मार्ट लाइट जडान गरिँदै छ। उक्त कार्यका लागि नगरपालिकाले ६० तथा प्राधिकरणले ४० प्रतिशत लगानी गरेको छ। एउटा मास लाइट जडान गर्न रु १६ लाख खर्च हुने उनले बताए। हाल कनकाई नगरपालिकाको कोटीहवन, सुरुङ्गा, दुर्गापुर र लक्ष्मीपुरमा मास लाइट जडान भइरहेको छ।

‘दुई स्थानमा जडान भइसकेको छ’, पोखरेलले भने, ‘थप दुई स्थानमा जडान जारी छ।’ सोह्र मिटर अग्लो पोलमा जडान गरिने स्वचालित मास लाइटले एक सय मिटर वरपरसम्म उज्यालो दिन्छ। भरतपुर, पोखरालगायत सहरमा मात्र जडान गरिएको मास लाइट प्रदेश १ मै पहिलोपटक कनकाईमा जडान गर्न लागिएको उनको भनाइ छ।

हाल बजार र संवेदनशील क्षेत्रलाई लक्षित गरी जडान गरिएको मास लाइटले बजार क्षेत्रमा हुने चोरीडकैतीलगायत विभिन्न आपराधिक घटनामा कमी आउनुका साथै व्यापारिक क्षेत्रमा समेत मद्दत पुग्ने नगरपालिकाको विश्वास छ। नगरपालिकाले नगर क्षेत्रमा सिसीक्यामेरासमेत जडान गर्ने योजना बनाएको छ।

-रासस

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ९ : ५३ बजे

‘काम संविधानले होइन मान्छेले गर्ने हो’

संविधान भनेको एउटा साधन हो। साध्य त फेरि मान्छेले नै

सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

नदीले जग्गा कटान गर्दा मुक्त कमैया परिवार विस्थापित

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ मरघटैयाका मुक्त कमैया परिवार स्याली नदीको बाढीले

प्रसारण लाइन आयोजनामा देखिएका समस्या समाधान गरिँदै

काठमाडौँ– वन क्षेत्रको जग्गा प्रयोग र रूख कटानको विषय नेपालका

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजाआजा

जनकपुरधाम– राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाआजा एवं