राम्दीमा पक्की पुल बनाउन प्रक्रिया सुरु « Khabarhub

राम्दीमा पक्की पुल बनाउन प्रक्रिया सुरु


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

वालिङ – गण्डकी र लुम्बिनी प्रदेशको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथि पक्की पुल बनाउने प्रक्रिया थालिएको छ। सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा र पाल्पाको सीमामा हाल रहेको पुल जीर्ण भएपछि नयाँ पुल बनाइने भएको हो।

विसं २०२८ मा भारतले निर्माण गरिदिएको ‘स्टिल ट्रस’ पुल जीर्ण हुँदै जाँदा ठूला भारवहन क्षमताका सवारीसाधन आवतजावतमा रोक लगाई नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको हो। हाल सञ्चालनमा रहेको ९३ मिटर लामो पुलभन्दा पाँच–सात मिटर तल अर्को पुल बनाउने गरी सडक विभाग पुल महाशाखाले सर्भे सम्पन्न गरिसकेको छ। ठेक्का प्रक्रिया अगाडि बढिसकेको पुल विभाग पुल सेक्टर पोखराका आयोजना प्रमुख एवं सिनियर डिभिजनल इञ्जीनियर नवराज बास्तोलाले जानकारी दिए।

बोलपत्र आह्वान गरी २०७९ असार ३० गते हिम सगरमाथा कन्स्ट्रक्सनसँग पुल निर्माणका लागि सम्झौता भएको हो। ‘सम्झौता भएको मितिले तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्छ’, उनले भने, ‘कुल रु २७ करोड ७१ लाखको लागतमा निर्माण सक्ने गरी सम्झौता भएको छ।’ पुल एक सय आठ मिटर लम्बाइ र ११ मिटर चौडाइको हुने छ। पुलको दायाँबायाँ झण्डै डेढ मिटरको फुटपाथ रहने छ। उक्त पुलको ४० टनसम्मको भारवहन क्षमता रहने छ।

सम्झौता भएको मितिले नौ महिनाभित्र अर्थात् आगामी चैत मसान्तसम्म डिजाइन स्वीकृत गरिसक्नुपर्ने छ। निर्माणस्थलको माटो परीक्षण गरिसकिएको छ भने चैत मसान्तभित्र नै निजी जग्गामा बनेका घर–टहरा खाली गरी क्षतिपूर्ति दिइने उनले बताए। उक्त पुल जीर्ण र पुरानो भएकाले चार–पाँच वर्षदेखि अधिकतम १० टन भारवहन क्षमताका सवारीसाधनलाई मात्रै सामान ढुवानी गर्न दिइएको छ।

-रासस

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ११ : ०८ बजे

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

एजेन्सी– बेलगोरोडको रूसी सीमा क्षेत्रमा मंगलबार भएको युक्रेनी ड्रोन आक्रमणमा

दलको नेता छनोटमा किचलो : देउवाले एक महिनामा सक्ने काम गगनले दुई महिना लगाए

जेन–जी आन्दोलनको म्यान्डेटमा गठित सरकारले २१ फागुनमा प्रतिनिधि सभा निर्वाचन

सेनाले पनि देशभरबाट संकलन गर्दैछ सुकुम्वासीको विवरण

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको ठाडो निर्देशनमा गत शुक्रबारदेखि काठमाडौंका सुकुम्बासी

‘लालीबजार’को आज राखिएको प्रिमियर अदालतको आदेशले रद्द

काठमाडौं – बादी समुदायको कथामा बनेको फिल्म ‘लालीबजार’को मंगलबार राखिएको

नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी

गण्डकी– प्रक्रियागत ढिलाइका कारण गत वर्ष सुरु हुन नसकेको प्रवीणता