साफ च्याम्पियनसिप खेल्ने महिला टोलीलाई मेयर बालेन र उपमेयर डंगोलको शुभकामना   « Khabarhub

साफ च्याम्पियनसिप खेल्ने महिला टोलीलाई मेयर बालेन र उपमेयर डंगोलको शुभकामना  


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन र उपमेयर सुनिता डंगोलले भेटेका छन् ।

मेयर बालेन र उपमेयर डंगोलले शुक्रबार इन्द्रजात्राका लागि अन्तर्राष्ट्रिय प्रतिनिधिहरूसँग भेटघाट गर्न सोल्टी होटेल जाँदा राष्ट्रिय टिमलाई पनि भेटेर साफ महिला च्याम्पियनसिपका लागि शुभकामना दिएका हुन् ।

‘भेटेर साफ च्याम्पियनसिपमा राम्रो गर्न शुभकामना दिनुभएको थियो । हौसला प्रदान गर्नुभयो,’ एक खेलाडीले भनिन् ।

२१ भदौदेखि सुरु भएको महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ४–० को जित निकालेको थियो । नेपालले सोमबार श्रीलंकासँग खेल्ने तालिका छ ।

समूह ‘बी’ मा रहेको नेपालसँगै भुटान र श्रीलंका छन् । यता, समूह ‘ए’ मा साबिक तथा प्रतियोगिताको एक मात्र विजेता भारत, पाकिस्तान, बंगलादेश र माल्दिभ्स छन् । समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल ३ असोजमा हुनेछ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ११ : ३५ बजे

बाजुरामा पहिरोले दुई घर बगायो

बाजुरा – जिल्लाको गौमुल गाउँपालिका-३ कटीगाउँमा आज दिउँसो वर्षासँगै आएको

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चद्वारा बदर

काठमाडौं – नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति

ट्रम्पले किमसँग भेट्ने बताएलगत्तै उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

सियोल – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै वर्ष उत्तर कोरियाका

एक्सट्रिमले २०२६ पीएमएनसी नेपाल फल आयोजना गर्ने

काठमाडौं- युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दो ई–स्पोर्ट्सको लोकप्रियतालाई लक्षित