माओवादीलाई पहिलो वामपन्थी शक्ति बनाउने गरी तालमेल गर्दैछौँ : अध्यक्ष प्रचण्ड  « Khabarhub

माओवादीलाई पहिलो वामपन्थी शक्ति बनाउने गरी तालमेल गर्दैछौँ : अध्यक्ष प्रचण्ड 


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई देशकै पहिलो वामपन्थी पार्टी बनाउने गरी चुनावी तालमेल गर्न लागेको जानकारी दिएका छन् ।

पोखरामा शुक्रबार अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनभित्र माओवादी केन्द्रलाई देशकै पहिलो वामपन्थी पार्टी बनाउने गरी तालमेल गर्न आफूले खोजेको बताएका हुन् ।

आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा माओवादी पहिलो वामपन्थी शक्ति बनाउनुपर्ने प्रचण्डको भनाइ छ ।

‘हाम्रो लक्ष्य के छ भने प्रदेश र संघको निर्वाचनमा जाँदा गठबन्धनमा तालमेल पनि यसरी होस् कि माओवादी केन्द्र देशको पहिलो वामपन्थी कम्युनिष्ट पार्टी बनोस् । र देशकै निर्णायक राजनीतिक शक्ति बनोस् । हामी यही ढंगले तालमेल गर्न खोज्दै छौँ,’ प्रचण्डले भने ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  १२ : ४६ बजे

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज