नगर क्षेत्रमा सरसफाइ अभियान तीव्र « Khabarhub

नगर क्षेत्रमा सरसफाइ अभियान तीव्र


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मोरङ– विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सरसफाइ अभियानलाई तीव्रता दिएको छ । प्रत्येक शुक्रबार बिहानको समयमा सरसफाइ अभियानअनुसार आज महानगरपालिकाको बसपार्क क्षेत्रमा सफाइ अभियान सञ्चालन गरियो ।

बसपार्क टोल विकास समिति र जिल्ला प्रहरी कार्यालयको समुदाय- प्रहरी साझेदारीद्वारा संयुक्तरुपमा आयोजित सरसफाइ अभियानमा महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की र मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको सहभागिता रहेको थियो । बसपार्कबाट सञ्चालित सफाइ अभियान नयाँ गुद्रीलगायत जनथप टोलसम्म सञ्चालन गरिएको छ ।

सरसफाइ अभियानमा वडा नं ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, टोल विकास समितिका अध्यक्ष पदम श्रेष्ठ, महानगरका कर्मचारी, जिल्ला प्रशासन कार्यालयका कर्मचारी, प्रहरी र होटल व्यवसायी एवं सर्वसाधारणको सहभागिता रहेको थियो ।

सो अवसरमा ‘आफ्नो घर आँगन आफैँ सफा राखौँ, सफा, सुन्दर महानगर बनाऔँ’ नारासहित कार्यक्रम गरिएको थियो । सफाइ अभियानबाट नगर क्षेत्र केही दिनदेखि सफा र हरियाली देखिएको छ । नगरवासीमा सरसफाइप्रति चेतना अभिवृद्धि भएको पाइएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  १ : २९ बजे

पालिकाबाटै स्थायी लेखा नम्बर वितरण

गलकोट– आन्तरिक राजस्व कार्यालय बागलुङले स्थानीय तहबाटै स्थायी लेखा नम्बर

प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा महिलातर्फको फाइनलमा

काठमाडौं– न्यु डायमण्ड युथ स्पोर्टस क्लब प्रधानमन्त्री कप एनभीए महिला

अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति, संसद्को अधिकारमा सरकारले हस्तक्षेप गरेको आरोप

काठमाडौं– नेपाली कांग्रेसले नेपाल सरकारले संसद् स्थगित गरेर अध्यादेशमार्फत कानुन

भेरी अस्पतालमा बिरामीको मृत्युबारे अस्पतालको स्पष्टीकरण, चिकित्सकमाथि दुर्व्यवहार भएको दाबी

काठमाडौं– नेपालगञ्ज स्थित भेरी अस्पतालले उपचारका क्रममा मृत्यु भएकी एक

सभामुख र चिनियाँ राजदूतबीच भेट, एक चीन नीति र बीआरआईबारे पनि कुराकानी 

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत