कञ्चनपुर-कमला सडक विस्तार सम्पन्न | Khabarhub Khabarhub

कञ्चनपुर-कमला सडक विस्तार सम्पन्न


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तीन वर्षमा सम्पन्न गर्नुपर्ने कञ्चनपुर-कमला सडकको निर्माण दुई वर्ष सकिँदा झण्डै १४ प्रतिशत सकिएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर-कमला खण्डमा कोभिड र निर्माणस्थल उपलब्ध हुन ढिलाइ हुँदा अपेक्षा गरिएअनुसार काम अघि बढ्न नसकेको हो । 

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनमा स्तरोन्नति भइरहेको छ । जम्मा ८६ दशमलव ८२ किमी लम्बाइको सडक अधिकांश खण्डमा चार र कतैकतै चार लेनसहित दुई लेन सर्भिस ट्रयाक निर्माण भइरहेको सडक विभागले जनाएको छ । 

कम्पनीले निर्माणस्थलमा काम गत वर्ष वर्षापछि सुरु गरेको कञ्चनपुर-कमला सडक योजना (पूर्वी खण्ड) का प्रमुख नीरज शर्माले बताए । उनका अनुसार कोभिडका कारणले बाहिरबाट सामान ल्याउन नसक्दा काममा अवरोध पुगेको थियो । एक वर्ष पहिले आएका चिनियाँहरू भर्खरैमात्रै जान पाएको उनले बताए । मान्छे र सामग्री दुवै आउन र ल्याउन कठिन भएको उनले बताए । उनले भने, ‘कर्मचारीलाई दुई पटकसम्म कोभिड भएकाले र सामान ल्याउन नसकेको काम सरासर हुनसकेको थिएन ।’ 

चैतमा पेट्रोलियम पदार्थको अभाव भएपछि पुनः काममा अवरोध पुगेको थियो । पहिले गतिमा काम अघि बढाइरहेको भए पनि गत चैतबाट रोकिएको प्रमुख शर्माले बताए । निर्माण कम्पनीले ऊसँग भएको ट्रिपरलगायतका उपकरण पनि फिर्ता गरेको थियो । यो वर्ष दुई फरक निर्वाचन हुँदा त्यसले पनि निर्माणमा बाधा पुगेको उनले बताए । उनले भने, ‘स्थानीय तहको निर्वाचनमा पनि कामदार गएका थिए भने अब चुनावमा पनि कामदार घर जाँदा बाधा पुग्छ ।’

अहिले वर्षाका कारणले पनि काम रोकिएको प्रमुख शर्माले बताए । अब सबै कुरा सहज भएर सरासर काम गर्दा अवधि सकिँदासम्म ५० प्रतिशत सकिने देखिएको उनले बताए । कोभिडका कारण एक वर्ष अवधि थप्नैपर्ने र  त्यो अवधिसम्ममा काम सकिने उनले बताए । अवधि सकिँदासम्म पुल र सडक कालोपत्र सकिने उनले बताए । उनले भने, ‘सडकको चिह्न लगाउनेलगायतका थप काम मर्मत अवधिमा सकिनेछ ।’ 

सडक निर्माणका क्रममा विभिन्न किसिमका समस्या देखिएकाले पनि निर्माणमा अवरोध पुगेको विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताए । मिर्चैया बजारमा नगरपालिकाबाट सञ्चालित ढलको ठेक्काको कारण हालसम्म पनि निर्माणस्थल निर्माण व्यवसायीलाई हस्तान्तरण हुनसकेको छैन । विद्युतीय पोल नयाँ ठाउँमा सार्न बाँकी रहेको उनले बताए। उनले भने, ‘समस्या समाधानका लागि सडकको अधिकार क्षेत्रमा सबै विद्युत् संरचना र रुख हटाउनका लागि उच्चस्तरीय समन्वय भएर निर्णय हुनुपर्छ ।’ 

विभागले पूर्व-पश्चिम राजमार्गलाई कतै कस्तो कतै कस्तो नभएर एकै किसिमको डिजाइन गरेर निर्माण अघि बढाएको छ । पहिले फरक खण्डमा फरक डिजाइन भएकामा अहिले एउटै बनाउन लागिएको हो । देशभरका अरु राजमार्ग अन्तर्राष्ट्रिय मापदण्डका आधारमा छैन । यो राजमार्ग भूगोल र सडकको अधिकार क्षेत्रका हिसाबले पनि उपयुक्त रहेको छ । सडक बनाउनासाथ बस्ती बसिहाल्ने र उद्योग खुलिहाल्ने हुँदा एकपटक बनेपछि विस्तार गर्न कठिन हुँदै आएको छ । 

सो योजनाअन्तर्गत नै ५४ पुल निर्माण गर्नुपर्ने छ । आठ अण्डर पास र दुई फ्लाईओभर निर्माण गर्नुपर्ने सडक विभागले जनाएको छ । योजना निर्माणको ठेक्का सन् २०२० को अक्टोबर २९ मा सुरु भएको थियो । यसको अवधि तीन वर्ष अर्थात् सन् २०२३ अक्टोबरसम्म रहेको छ । आयोजनाको लागत रु १५ अर्ब ६६ करोड रहेको छ । 

योजनाको हालसम्म भौतिक प्रगति झण्डै १४ प्रतिशत पुगेको छ । वित्तीय प्रगति आठ दशमलव ८९ प्रतिशत अर्थात् दुई अर्ब ५० करोड एक लाख रहेको छ । योजनाअन्तर्गत १६ दशमलव ४९ किमी सडक छ लेन र ७० दशमलव ३३ किमी चार लेनमा निर्माण हुनेछ । चौवन्न वटा पुल दुई लेनको निर्माण हुने योजनाले जनाएको छ । 

गत आवमा योजनामा लक्ष्यअनुसार भौतिक प्रगति शतप्रतिशत र वित्तीय प्रगति ७० प्रतिशत पुगेको विभागले जनाएको छ । पुल र कल्भर्ट गरी ५० वटा सम्पन्न भएको र इम्ब्यान्कमेन्ट ७० दशमलव दुई किमी तयारी भएको छ । योजना पूर्व र पश्चिम खण्ड गरी दुई प्याकेजमा निर्माण अघि बढाइएको छ । पूर्वी खण्डमा हालसम्मको भौतिक प्रगति १३ दशमलव सात प्रतिशत र पश्चिम खण्डतर्फ १४ दशमलव ३२ प्रतिशत रहेको छ । 

 

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  २ : ०६ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न