निर्देशक दिनेश लिङ्देनद्वारा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा « Khabarhub

निर्देशक दिनेश लिङ्देनद्वारा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्माता तथा निर्देशक दिनेश लिङ्देनले पाँचथर जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन् । उनले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य पदका लागि पाँचथरबाट  उम्मेदवारी दिने भएका हुन् । पाँचथरमा एउटा मात्र प्रतिनिधिसभाका निर्वाचन क्षेत्र छ ।

निर्माता तथा निर्देशक लिङ्देनले सीप– योग्यतालाई रोजगार, शिक्षामा सुधार, कृषिलाई बजार र विशेष प्राथमिकताका साथ स्वास्थ्य उपचार भन्ने मुख्य एजेन्डा लिएर पाँचथरबाट संघीय सांसदका लागि उम्मेदवारी दिने बताएका छन् ।

लिङ्देन लामो समय नेकपा माओवादीको विभित्र संगठनहरुको केन्द्रीय कमिटीमा रहेर काम गरिसकेका छन् । ‘माओवादीलगायत अन्य सबै राजनीतिक दलका नेतृत्वहरू देश र जनताभन्दा पनि सत्ता र स्वार्थमा मात्र बढी केन्द्रित रहेकोले अब उनीहरूबाट कुनै सम्भावना छैन’, उनले भने, ‘पार्टीको कार्यकर्ताका नाममा राजनीति दास नभई त्योभन्दा माथि उठेर मुलुक परिवर्तनका लागि केही गर्ने उपयुक्त समय आएकोले उम्मेदवारी दिने घोषणा गरेको हुँ ।’

उनले पाँचथर र पाँचथरवासीका लागि निस्वार्थ भावसहित सांसद वा माननीय नभई एउटा सेवक भएर काम गर्ने इच्छाशक्तिका साथ उम्मेदवारी दिएको दाबी गरे ।

उनले ‘रीत’, ‘शान्ति’, ‘अञ्जली’, ‘तलास’ लगायतका एक दर्जन बढी फिल्म निर्देशन गरिसकेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  २ : ०६ बजे

धरानबाट दश जना विचौलिया पक्राउ

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट १० जना विचौलियालाई

काठमाडौं उपत्यका विकास आयुक्तमा सुरज शाक्य नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई

तिलिचो ताल पदमार्गमा ५० पर्यटक अट्ने आश्रयस्थल निर्माण

मुस्ताङ-  तिलिचो ताल जाने पदमार्गमा पर्यटकको सुविधाका लागि नयाँ आश्रयस्थल निर्माण

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले के-के गर्‍यो निर्णय ?

काठमाडौं- सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ

कङ्गोमा इबोला प्रकोप तीव्र, ५८० जनाको मृत्यु

किन्शासा- कङ्गो लोकतान्त्रिक गणतन्त्र (डीआरसी) मा इबोला प्रकोप अझै तीव्र बन्दै