अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुन्छ : प्रधानमन्त्री   

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुने दाबी गरेका छन् । १०९ औं बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस चितवनले  आज  भरतपुरमा आयोजना गरेको कार्यक्रममा देउवाले यस्तो बताएका हुन् ।

गठबन्धन ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र भइरहेको पनि उनले  जिकिर गरे । पार्टीलाई बेफाइदा हुनेगरि सिट बाँटफाँडमा सम्झौता नहुने उनको भनाइ थियो । गठबन्धन नहुँदा केपी ओलीको हैकमवाद चलेको पनि उनले तर्क गरे ।

देउवाले प्रजातन्त्र सुदृढीकरणका लागि बीपीको भूमिका अग्रणी रहेको उल्लेख गरे । 

२. मुलुकको व्यापार घाटा न्यूनिकरण गर्न सरकार गम्भीर नभएको आरोप 

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकको व्यापार घाटा न्यूनिकरण गर्न राज्यका विभिन्न तहमा बसेका व्यक्तिहरू गम्भीर हुन नसकेको बताएका छन् ।

काठमाडौंमा  आज नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको चौथो बैठकलाई सम्बोधन गर्दै नेता खनालले पेट्रोलियम पदार्थको उपभोगलाई व्यापक कटौति गरे मुलुकको व्यापार घाटा निकै घटाउनुपर्ने भएपनि राज्यको ध्यान जान नसकेको बताए । उनले धेरै कमिशन खोज्ने व्यक्तिहरू नै सरकारमा पुग्ने गरेकाले मुलुकको विकास रोकिएको र मुलुकलाई  आत्मनिर्भर तर्फ पुराउने काम अवरुद्ध भएको बताए ।

आफ्नो मात्र लाभ खोज्ने नेताहरू धेरै भएका कारण पनि समस्या सिर्जना भएको उनको भनाई छ । उनले नेपाली अर्थतन्त्र पर्यटन बेस अर्थतन्त्र विकास गर्ने आधार रहेको भएपनि त्यसलाई बिकसित र आधुनिकीकरण गर्न नसकिएको जिकिर गरे  नेता खनालले कृषि अर्थतन्त्रका लागि कृषि क्रान्तिको कार्यक्रम जनताले खोजेको भएपनि यसमा प्रमुख भनिएका दल र सरकार नै उदासिन रहेको जिकिर गरे । 

३. अध्ययनको पहुँच पुर्‍याउनुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड 

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको समृद्धिको अर्थ ज्ञान र सभ्यताको समृद्धि पनि भएको बताएकी छिन् । किताब यात्रा फाउण्डेशन र किताब यात्रा प्रालिद्वारा  आज काठमाडौंमा आयोजित दुईदिने किताब जात्रा शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले समृद्धिको अर्थ केवल आर्थिक विकास मात्र नभइ ज्ञान र सभ्यताको समृद्धि पनि भएको बताएकी हुन् ।

उनले आम नागरिकसम्म अध्ययनको पहुँच पुर्‍याउनुपर्नेमा जोड दिइन् । यसका लागि कारागार र सार्वजनिकस्थललगायत ठाउँमा प्रविधिमैत्री पुस्तकालय बनाउनुपर्ने उनले बताइन् । त्यस्तै उनले कागजमा छापिएका अक्षरबाट मात्र अध्ययन नहुने र जीवनका विभिन्न आयामबाट पनि अध्ययन हुने बताइन । कार्यक्रममा यस वर्षको प्रेम साहित्य सम्मान आख्यानकार गौतमलाई प्रदान गरिएको थियो ।

यसैगरी किताब जात्रा उत्कृष्ट बिक्री पदक संस्कृतिविद् जोशीका बारेमा लेखिएको पुस्तक ‘सत्यमोहन’ का लेखक गिरिश गिरीलाई प्रदान गरिएको थियो । भोलिसम्म चल्ने जात्रामा करिब ६० प्रकाशनगृहका पुस्तक प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ ।

४. इन्द्रजात्राको अवसरमा दुई शहरका विदेशी पाहुना नेपालमा  

इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन अहिलेसम्म दुई शहरका विदेशी पाहुना मात्रै नेपाल आइपुगेका छन् ।

भगिनी सम्बन्ध भएका अमेरिका र माल्दिभ्सबाट एक/एक जना प्रतिनिधि काठमाडौं आइपुगेको महानगरले जनाएको हो ।भुटानको राजधानी थिम्पुबाट प्रतिनिधि आउने पक्का भएता पनि प्राविधिक कारणले ढिलाइ भएको हुनसक्ने महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख सुदर्शन भट्टराईले जानकारी  दिए ।

महानगरका मेयर बालेन्द्र साह(बालेन)ले इन्द्रजात्रालाई विश्वस्तरीय बनाउने भन्दै अन्तर्राष्ट्रिय स्तरमा भगिनी सम्बन्ध भएका चीन, जापान, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका भगिनी नगरका १८ नगर प्रमुखलाई जात्रा हेर्न निमन्त्रणा गरेका थिए ।

चीनसहित केही देशमा कोभिड-१९ महामारीका कारण अन्तर्राष्ट्रिय आवतजावत नै बन्द गरेकोले पाहुना आउन नसकेको भट्टराईले भनाइ छ ।
 ५.  ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा चालकको मृत्यु

काठमाडौंको नागढुङ्गामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कञ्चनपुरको पुनर्वास नगरपालिका–२ का २८ वर्षीय सुगम तामाङ रहेका छन् ।

काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको ना ४ ख १०६२ नम्बरको ट्रक र विपरीत दिशाबाट आँउदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ०११ प २८५८ नम्बरको मोटरसाइकल आज बिहान सवा ११ बजे आपसमा ठोक्किएको थियो ।  

दुर्घटनाबाट गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर महाङ्कालमा मृत्यु भएको हो ।सवारी साधन र ट्रक चालकलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ । 

६. भारतमा धान र चामल निर्यातमा २० प्रतिशत कर वुद्धी

भारतले आजदेखि  लागुहुने गरी  धान चामल निर्यातमा २० प्रतिशत  कर वुद्धी गरेको छ ।

आफ्नो उत्पादन घटेको र रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्य सङ्कट बढ्दै गएकोले आफ्नो बजारमा मूल्य नियन्त्रणका लागि धान चामलमा भन्सार वृद्धि निर्यातमा रोक लगाएको भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै  समाचार सस्था  रोयटर्सले जनाएको छ । यस्तै भारते  कनिका  निर्यातमा रोक लगाएको  छ ।  

भारतको पश्चिम बंगाल, उत्तर प्रदेशसहित केही राज्यमा वर्षाको कमीका कारण धानको उत्पादनमा समेत कमी आएको जनाइएको छ । मौसम प्रतिकुलका कारण भारतभर यो वर्ष चामल उत्पादन करिब ७० लाख टन घट्ने अनुमान छ ।

विश्वमा धान उत्पादनमा भारत चीनपछिको दोस्रो ठूलो मुलुक हो ।

७. युक्रेनबाट ढुवानी गरिएको खाद्यान्न इथियोपियाको भोकमरीग्रस्त क्षेत्रमा पुग्यो

खाद्यान्न बोकेका कैयौँ ढुवानी सेवाहरू युक्रेनबाट इथियोपियाको भोकमरीग्रस्त क्षेत्रमा पुगेका संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ । संयुक्त राष्ट्रसङ्घीय महासचिवका प्रवक्ताले विश्व खाद्य कार्यक्रमका ती ढुवानीहरु युक्रेनबाट इथियोपिया पुगेका बताएका छन् ।

युक्रेनको बाटो हुँदै ती सामग्री त्यहाँ लैजानका लागि संयुक्त राष्ट्रसङ्घ र टर्कीले मध्यस्थता गरेका छन् । संयुक्त राष्ट्रसङ्घ र टर्कीको पहलबाट युक्रेन हुँदै इथियोपियासम्म पुर्‍याइएको हो । एक महिनामा यहाँका कम्तीमा पनि १५ लाख मानिसका लागि सहयोग गरिने छ ।

इथियोपियाको आदमा शहरमा सो खाद्यान्न भण्डारण गरिएको छ र ती ढुवानीहरु त्यहीँबाट फर्काइएको बताइएको छ । आदमा शहरमा विश्व खाद्य कार्यक्रमको कार्यालय रहेका स्थानमा ती खाद्यान्न भण्डारण गरिने र आगामी हप्तादेखि सो खाद्यान्न वितरण गरिने पनि जनाइएको छ ।

आन्तरिक द्वन्द्व तथा खडेरी आदि कारणले गर्दा त्यहाँ भोकमरी सुरु भएपछि सो आदमा शहर र त्यसको वरपर लाखौँ इथियोपियाली विस्थापित भएर बसेका छन् । उनीहरूका लागि सो खाद्यान्न वितरण गरिने संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसको प्रवक्ता स्टेफान डुजारिकले जानकारी दिएका छन्  ।

८. ब्रेट ली नेपाल टी-२० लिगका मेन्टर नियुक्त

अष्ट्रेलियन पूर्व क्रिकेटर ब्रेट ली नेपाल टी-२० लिगको मेन्टर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ क्यानले  आज लीलाई मेन्टर नियुक्त गरेको हो ।

सोल्टी होटलमा कार्यक्रम गरी क्यानले लीलाई सार्वजनिक गरेको छ ।आयोजित पत्रकार भेटघाटमा बोल्दै ब्रेट लीले नेपालको क्रिकेट क्रेज आफूलाई मन परेको बताएका हुन् ।पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ ।

प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।पहिलो संस्करणमा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्सफारवेस्ट युनाईटेडले प्रतिस्पर्धा गर्ने छन् ।

९. सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) बाट बाहिरिए

नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) बाट बाहिरिएका छन् । नेपाल क्रिकेट संघले राष्ट्रिय टिमबाट निलम्बन गरेसँगै उनले वेस्ट इन्डिजको क्रिकेट लिग गुमाएका हुन्

सीपीएलमा सन्दीप जमैका तलावाजमा आबद्ध थिए । सो टिमलेसन्दीपले तत्काल लागू हुने गरी प्रतियोगिता छोडेको जनाएको छ ।

आजै फेसबुक स्टाटस मार्फत सन्दीपले सीपीएलबाट बिदा लिएर नेपाल आउने जनाएका थिए ।स्रोतका अनुसार सन्दीप एक–दुई दिनभित्रै नेपाल फर्किँदैछन् । पक्राउ पूर्जी जारी गरिएसँगै नेपाल प्रहरीले उनीसँग संवाद गरिरहेको स्रोतको  जनाएको छ  ।

यसैबीच सन्दीपले आज सामाजिक संजाल फेसबुकबाट आफु निर्दोष रहेको बताएका हुन् ।सन्दीपले आफु निर्दोष रहेको बताउँदै आधारहीन आरोपको सामना गर्न तयार रहेको बताएका छन्  । यस्तै उनले  आफ केहि दिनमा नेपाल फर्कने समेत बताएका छन् । उनले फर्कने मिति भने उल्लेख गरेका छैनन् ।

 १०. महिला साफ : श्रीलंका र भुटान खेल्दै

नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा आज श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज बेलुका  बजे  साझँ साढे ५ बजे दुई टोलीबीचको खेल सुरु हुने छ ।

समूह ’बी’ मा रहेको श्रीलंकाको यो पहिलो खेल हो ।  भुटानलाई हराएर श्रीलंका सुखद सुरुआतको योजनामा हुनेछ । भुटानको यो दोस्रो खेल हो । भुटान पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा भुटानलाई नेपालले ४-० ले हराएको थियो ।

सेमिफाइनलको स्थान जीवित राख्न भुटानलाई जित्नैपर्ने दबाब रहेको छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ४ : ४२ बजे

प्रधानमन्त्री ओलीद्वारा ‘सेप्टेम्बर ११ राष्ट्रिय स्मारक केन्द्र’ मा श्रद्धाञ्जली व्यक्त

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको

राष्ट्रिय एकता प्रवर्द्धनमा खेल क्षेत्रको भूमिका महत्त्वपूर्ण : प्रचण्ड

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय

काठमाडौं – अर्थ मन्त्रालयले सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश विषयलाई

सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्छ : सभापति देउवा

वीरगञ्ज – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण

स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सका स्वास्थ्यमन्त्री खलीलबीच भेट, केके भए कुराकानी ?

काठमाडौं । इन्डोनेसियाको भ्रमणमा रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल