कुनै दलसँग तालमेल हुँदैन : महासचिव पोखरेल « Khabarhub

कुनै दलसँग तालमेल हुँदैन : महासचिव पोखरेल


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा एमालेले कुनै पनि पार्टीसँग तालमेल वा गठबन्धन नगर्ने बताएका छन् ।

आज भक्तपुरमा राष्ट्रिय युवा सङ्घ नेपाल वागमती प्रदेशसभाको प्रथम अधिवेशन तथा प्रदेशस्तरीय निर्वाचन परिचालन भेलामा उनले पार्टीले राजनीतिकरुपमा कुनै पार्टीसँग तालमेल नगर्ने बताएका हुन् ।

जिल्लास्तरमा अवस्था र आवश्यकता हेरेर पार्टी जिल्ला कमिटीको चाहनामा तालमेल गर्न पार्टी केन्द्रीय कमिटीले भने नरोक्ने उनले बताए । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले भक्तपुरमा गठबन्धनले कुनै असर नगर्ने बताउँदै कार्यकर्ता एकढिक्का भएर चुनावमा होमिन निर्देशन दिए ।

त्यसअवसरमा युवा सङ्घका केन्द्रीय अध्यक्ष किरण पौडेल, एमाले भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, युवा सङ्घका विभिन्न नेताहरुले निर्वाचनमा युवाले खेल्नुपर्ने भूमिकाकाबारेमा चर्चा गरेका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  १० : ३२ बजे

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर