‘किसानलाई खसीबोका कहाँ लगेर बेच्ने भन्ने चिन्ता हट्यो’ | Khabarhub Khabarhub

‘किसानलाई खसीबोका कहाँ लगेर बेच्ने भन्ने चिन्ता हट्यो’


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेको एक सहकारीले दसैँमा मात्रै रु ७० लाख बराबरको खसीबोका बिक्री गरको छ। दसैँ सुरु भएयताको समयमा जिल्लाको हुप्सेकोट गाउँपालिका–४, झ्यालबासमा रहेको लेकबेँसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले रु ७० लाख बराबरको खसीबोका बिक्री गरेको हो।

सहकारीका व्यवस्थापक सुशीला परियारका अनुसार सहकारीले यस वर्ष चार सय ५० खसीबोका बिक्री गरेको छ। किसानबाट खसीबोका सङ्कलन गरी सहकारीले स्थापना गरेको सङ्कलन केन्द्रमार्फत बिक्री गर्दै आएको छ। जिल्लाको पहाडी भेगका किसानले हुर्काएका खसीबोका सहकारीले सङ्कलन गरी बिक्री गरेको हो। जिउँदो तौल प्रणाली अनुसार सहकारीले यस वर्ष खसीबोका प्रतिकेजी रु पाँच सय ३० देखि रु पाँच सय ६० सम्ममा बिक्री गरेको उनले बताए।

सहकारीले किसानबाट खसीबोका सङ्कलन गरी बिक्री गर्दा किसानले पनि उचित मूल्य पाउने र किसानलाई बजारीकरणको दुःखसमेत नहुने उनको भनाइ छ। ‘अरू खसीबोका किन्न गए मूल्यको ठेगान हुँदैन, हामीले तोकिएको मूल्य र सही तौल मापन गरी लिन्छौँ, किसानलाई उचित मूल्य दिन्छौँ’, व्यवस्थापक परियारले भने, ‘किसानलाई कहाँ बेच्न भन्ने चिन्तासमेत हुँदैन।’

उनका अनुसार अघिल्ला वर्षभन्दा यस पटक खसीबोका निकै कम बिक्री भएको छ। गत वर्ष करिब एक हजार र त्यसअघिको दसैँमा एक हजार सात सय ५५ वटा खसीबोका बिक्री गरेकामा यस वर्ष निकै कम बिक्री भएको छ। अहिले बजारको मन्दी भएर हो वा के कारणले कम मात्रामा माग भएको यसै भन्न नसकिने व्यवस्थापक परियारले बताए। कोभिडपछिका असरहरु बजारमा देखिएको हुनसक्ने उनको आङ्कलन रहेको छ।

सहकारीले विगत ६ वर्षदेखि सामान्य मुनाफा राखी कृषकहरुबाट खसीबोका सङ्कलन गरी बिक्री गर्दै आएको छ। जिल्लाको मध्यविन्दु नगरपालिका–१२, तमासपुरमा रहेको अरुणज्योति सामाजिक महिला उद्यमी सहकारी साथै मैनाघाटमा रहेको कृषि सहकारीले समेत खसीबोका सङ्कलन तथा बिक्री गरेको छ। जिल्लामा रहेका सहकारीले कृषकबाट खसीबाख्रा खरिद गरी बिक्री गर्दा बजारीकरणमा बाख्रापालक किसानलाई सहजता मिलेको छ। किसानलाई आफ्ना खसीबोका कहाँ लगेर बेच्न भन्ने चिन्ता हटेको छ।

नवलपुरको पहाडी क्षेत्रमा प्रशस्त चरण क्षेत्र रहेकाले सो क्षेत्रका धेरै जसो किसानले बाख्रा पाल्ने गरेका छन्। सहकारीले सहजरूपमा बाख्रा खरिद गरिदिने र आम्दानीसमेत राम्रो लिन सकिने भएपछि पहाडी क्षेत्रका किसान बाख्रापालनतर्फ आकर्षित बनेका छन्।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ६ : ५७ बजे

राष्ट्रियसभामा कृषि र शिक्षा मन्त्रालयको खर्च कटौती प्रस्ताव

काठमाडौँ– सांसदद्वय पदमबहादुर परियार र आनन्दप्रसाद ढुंगानाले दुई मन्त्रालयको खर्च

ओलीले देउवालाई पनि धोका दिन्छन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकाका सभापति शेरबहादुर

राष्ट्रियसभा : शिक्षामा बजेट थप्न सांसदहरूको माग

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले शिक्षा क्षेत्रमा बजेट थप्न तथा

वर्षासँगै बिजुली उत्पादन बढ्दै, खेर जाने चिन्तामा प्रवर्द्धक

काठमाडौं– पछिल्ला सातादेखि देशभर वर्षा हुन थालेपछि जलविद्युत उत्पादन गृहहरूबाट

एमालेले आजै सरकार छोड्ने

काठमाडौं– नेकपा एमालेले आजै सरकार छोड्ने तयारी गरेको छ ।