चार दिनदेखि सञ्चार सेवा अवरुद्ध | Khabarhub Khabarhub

चार दिनदेखि सञ्चार सेवा अवरुद्ध


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – अविरल वर्षासँगै जाजरकोट सदरमुकामदेखि सबै पालिकामा सञ्चार सेवा अवरुद्ध भएको छ । सोलार सिस्टममा घाम नलाग्दा यहाँका टेलिफोन टावरले काम नगरेका हुन् । सदरमुकाममा समेत तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा फोन सेवा अवरुद्ध भएको छ ।

जिल्लाका सातै पालिकामाका साथै छिमेकी जिल्ला डोल्पा, रुकुम पश्चिममा समेत सञ्चार सेवा अवरुद्ध भएको छ । विद्युत् नहुँदा जिल्लाका रेडियोहरुसमेत बन्द भएका छन् । वर्षा निरन्तर भइरहेकाले विद्युत्, सञ्चार सबै सेवा ठप्प भएको छ । ग्रामीण सडकसमेत पूर्ण रुपमा ठप्प भएका छन् । जाजरकोट–डोल्पा सडक खण्डको खलङ्गादेखि नलगाड दल्लीसम्म मात्र यातायात सेवा सञ्चालन भएका छन् । नलगाड बारेकोट सडकसमेत ठाउँठाउँमा भत्किएका कारण यातायात सेवा अवरुद्ध भएको हो ।

पश्चिम जाजरकोट, रुकुम पश्चिमका ग्रामीण सडकसमेत अवरुद्ध भएको बताएको छ । विद्युत् सेवा मर्मत गर्नका लागि पानी निरन्तर परेका कारण समस्या भइरहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । आज प्रदेशसभा र प्रतिनिधिसभा तर्फको मनोनयन दर्ता गर्ने दिन भकाले नेता तथा कार्यकर्ताहरुसँग सम्पर्क नहुँदा उम्मेदवारलाई हैरान भएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ८ : ३१ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार

आज २०८२ साल असार १७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले