खोटाङमा एमालेको मनोनयन दर्ता  « Khabarhub

खोटाङमा एमालेको मनोनयन दर्ता 


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङमा नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । ४ मंसिरका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमालेले आइतबार जिल्ला अदालतमा स्थापना गरिएको मुख्य निर्वाचनको अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।

प्रतिनिधिसभा सदस्यका लागि विशाल भट्टराई तथा प्रदेशसभा ‘क’मा पाँचकर्ण राई पिके र प्रदेशसभा ‘ख’ मा रामप्रसाद दंगालले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ताका लागि उनीहरू र्‍यालीसहित मुख्य निर्वाचनको अधिकृतको कार्यालय पुगेका थिए ।

यस्तै, गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा उठेका नेकपा माओवादी केन्द्रका रामकुमार राई (पासाङ), प्रदेशसभा ‘क’मा नेकपा (एकीकृत समाजवादी)बाट उठेका वीरबलकाजी राई र प्रदेशसभा ‘ख’ नेपाली कांग्रेसबाट उठेका भूपेन्द्र राईले दिउँसो तीन बजे मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

गठबन्धनको निर्णयप्रति असहमति जनाउँदै असन्तुष्ट कांग्रेसले पनि प्रतिनिधिसभा र दुवै प्रदेशसभामा छुट्टै मनोनयन दर्ताको तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  २ : ४३ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय