कतार विश्वकप र विशेषता | Khabarhub Khabarhub

कतार विश्वकप र विशेषता


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

२० नोभेम्बरमा कतारमा विश्वकप फुटबलको आयोजना हुँदै छ। विश्वकपको प्रतीक्षा गरेर संसारका धेरै फुटबल पारखी बसेका छन्। फिफा विश्वकपका केही विशेषता पनि छन्। विश्वकपको सुरुवाती खेल २१ नोभेम्बरमा गर्ने तयारी भए पनि पछिल्लो समयमा आएर एक दिन अगाडि नै सारिएको हो। यस पटकको विश्वकप टिभीमा सबैभन्दा धेरैले हेर्ने अपेक्षा गरिएको छ।

विश्वकपको अर्को महत्त्वपूर्ण विशेषता यो मध्यपूर्वको पहिलो विश्वकप हो। आर्थिक रूपले संसारकै सबल क्षेत्र पनि मध्यपूर्वमा छन्। तेलको व्यापारले पछिल्ला दशक अन्य देशलाई पछाडि पार्दै आएका यहाँका देश विश्वस्तरीय खेल महोत्सवको आयोजनाको सवालमा भने पछाडि नै छन्।

सामान्यतया विश्वकप फुटबल जुन या जुलाईमा हुने गरेको थियो। त्यस समयमा कतारको गर्मी सहन नै नसकिने भएको कारण इतिहासमै पहिलो पटक जाडो याममा विश्वकप फुटबल आयोजना हुन लागेको हो।

यस पटक रङ्गशालामा हुने एयर कन्डिसन त्यहाँको अर्को विशेषता हुनेछ। आप्रवासी कामदारको समस्या र मृत्युका कारण यो विश्वकप विवादित पनि भएको हो। एमनेस्टी इन्टरनेसनल र अन्य सरोकारवालाले कामदारको क्षतिपूर्तिका लागि चार सय ४० मिलियन डलर क्षतिपूर्तिको माग गरेका छन्।

सामान्यतया विश्वकप फुटबल जुन या जुलाईमा हुने गरेको थियो। त्यस समयमा कतारको गर्मी सहन नै नसकिने भएको कारण इतिहासमै पहिलो पटक जाडो याममा विश्वकप फुटबल आयोजना हुन लागेको हो।

एउटै लैङ्गिक पहिचान भएकाको यौन सम्पर्क वर्जित भएका कारण कतार विश्वकपलाई एलजीबीटीक्यूले बहिष्कार गर्ने भएका छन्। भ्रष्टाचारको आरोप सहेको कतार विश्वकप अन्य कुराले पनि विवादित बनेको छ। जर्मनीका पूर्व स्टार फिलिम ल्हामले त सबै पाटोबाट कतार विश्वकपलाई बहिष्कार गर्ने बताइसकेका छन्।

आयोजक कतारले देश अनुसारको फरक अध्यागमन नीति लिएको छ। अमेरिका लगायत संसारका समृद्ध देशका नागरिकका लागि पासपोर्ट आवश्यक हुने छैन। उनीहरूले अध्यागमनमै अन अराइभल भिसा लगाउन सक्ने छन्।

सार्वजनिक स्थलमा मदिरा प्रतिबन्धित रहेको स्थानमा कतार विश्वकपको आयोजना हुँदै छ। कतारमा सार्वजनिक स्थानमा मदिरा सेवन गरे आठ सय ५० अमेरिकी डलरसम्म जरिवाना तथा ६ महिनासम्म कैद सजाय हुन सक्ने छ। तथापि फ्यान जोनमा मदिरा सेवन गर्नका लागि निश्चित ठाउँ भने छुट्टाइने छ।

आयोजक कतारले देश अनुसारको फरक अध्यागमन नीति लिएको छ। अमेरिका लगायत संसारका समृद्ध देशका नागरिकका लागि पासपोर्ट आवश्यक हुने छैन।

सन् १९३० मा पहिलो पटक उरुग्वेमा विश्वकप फुटबलको आयोजना भएको थियो। राजधानी मन्टेभिडियोमा भएको फाइनलमा खेलमा अर्जेन्टिनालाई हराउँदै उरुग्वेले उपाधि जितेको थियो। त्यस यता विश्वकपमा २१ संस्करण सकिएका छन्। २२ औं संस्करणको तयारीमा कतार छ। प्रत्येक चार वर्षमा विश्वकप फुटबल आयोजना हुने भए पनि सन् १९४२ तथा १९४६ मा विश्व युद्धका कारण विश्वकपको आयोजना भएको थियो।

ब्राजिलले सबैभन्दा धेरै पाँच पटक विश्वकपको उपाधि जितेको छ भने त्यसपछि जर्मनी र इटालीले समान चार पटक जितेका छन्। यस पटकको विश्वकप फुटबलका खेल १३ रङ्गशालामा हुने छन्। लुइसालको आइकोनीक रङ्गशाला सबै भन्दा ठूलो रङ्गशालामा हो। त्यस रङ्गशालाको क्षमता ८० हजार दर्शक बराबरको छ। अल खोरको अल बायट रङ्गशालाको क्षमता ६० हजार तथा दोहाकै स्टेडियम ९७४ को क्षमता ४० हजार दर्शकको छ।

दोहाकै थुमाना रङ्गशालाको क्षमता पनि ४० हजार बराबरकै छ। अल रायनको खालिफा अन्तर्राष्ट्रिय रङ्गशालाको क्षमता ४५ हजार ४ सय १६ बराबरको छ भने त्यसै स्थानको एजुकेसन सिटी स्टेडियमको क्षमता ४५ हजार ३ सय ५० छ। यसैगरी अहमद बिन अली रङ्गशालाको क्षमता ४४ हजार ७ सय ४० छ। वाखराखको अल जनाब स्टेडियमको क्षमता ४० हजार दर्शक बराबरको छ।

विश्वकपमा एडिडासको बल प्रयोग गरिने छ। बलको नाम अल रिहला प्रो रहेको छ। मस्कट लायवलाई राखिएको छ। अरबी भाषामा लायवको अर्थ अत्यन्त धेरै सीप भएको खेलाडी हो।
यस विश्वकपको टाइटल गीत ‘हाभ्या हाभ्या’ रहेको छ। यसको अर्थ सबै मिलेर राम्रो गर्ने भन्ने हो। गीतलाई ट्रिनडाड कारडोना, डेभिडो र आइसाले गाएका छन्।

विश्वकपमा एडिडासको बल प्रयोग गरिने छ। बलको नाम अल रिहला प्रो रहेको छ। मस्कट लायवलाई राखिएको छ। अरबी भाषामा लायवको अर्थ अत्यन्त धेरै सीप भएको खेलाडी हो।

विश्वकपमा पनि भिडियो असिस्टेन्ट रेफ्रिको प्रयोग गरिने छ। पहिलो पटक सन् २०१८ को विश्वकपमा भीएआरको प्रयोग भएको थियो। पेनाल्टी, फल , गोल लाइन लगायतका महत्त्वपूर्ण निर्णय गर्नु पर्दा यसको सहयोग लिने गरिन्छ।

यस पटकको पुरुष विश्वकपमा तीन जना महिला रेफ्री छनोट भएका छन्। यो अवसर पाएर कीर्तिमान राख्नेमा फ्रान्सकी स्टेफन फ्रापर्ट, रुवान्डाकी सालिमा मुक्सान्गा र जापानका योसीमी यामासितो छन्।

यस पटक अफसाइडको सवालमा एकदमै छिटो र एक्युरेट निर्णयका लागि पनि थप प्रविधिको प्रयोग हुने भएको छ। बल ट्र्याक गर्न १२ थप क्यामरा प्रयोग हुने छन्। साथै खेलाडीको सही पोजिसन थाहा पाउनका लागि २९ डाटा प्वाइन्ट राखिएको छ। बलमा पनि सेन्सर राखिने छ।
यस पटकको विश्वकप गुमाउने सबै भन्दा प्रमुख देश इटाली हो। उत्तरी मेसोडोनीयासँग स्तब्ध भए पछि इटालीले विश्वकप गुमाएको हो।

विश्वकप गुमाउने सबैभन्दा प्रमुख खेलाडी म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हल्यान्ड छन्। उनको देश नर्वे युरोपेली राष्ट्रको खेलमा आफ्नै समूहमा टर्की र नेदरल्यान्ड्स भन्दा पछाडि रहँदै बाहिरिएको हो।

यस पटकको विश्वकपको सबैभन्दा बलियो दाबेदार ब्राजिललाई मानिएको छ। यसैगरी दोस्रोमा फ्रान्स, तेस्रोमा इङ्गल्यान्ड र चौंथोमा अर्जेन्टिना मानिएको छ।

इङ्गल्यान्डका हेरी केनलाई गोल्डेन बुटका सबैभन्दा बलियो दाबेदार बन्ने अनुमान गर्न थालिएको छ। यसैगरी फ्रान्सका केलीयन एम्बाप्पे दोस्रो तथा करिम बेन्जामा तेस्रो दाबेदार मानिएका छन्। त्यसपछि मात्र मेसी र रोनाल्डोलाई गोल्डेन बुटको दाबेदार मानिएको छ।

विश्वकपको कतारको प्रवेशलाई धेरैले आलोचनाको विषय पनि बनाएका थिए। आयोजकको नाताले विश्वकपमा प्रवेश पाएको कतारको स्तर कम भएको चर्चा पनि नचलेको होइन। तर, पछिल्लो समय विशेषज्ञ कतारले पहिलो चरण पार गर्न सक्ने सम्भावना व्यक्त गर्न थालेका छन्। समूह ‘ए’ मा कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स छन्।

पुरुष विश्वकपमा तीन जना महिला रेफ्री छनोट भएका छन्। यो अवसर पाएर कीर्तिमान राख्नेमा फ्रान्सकी स्टेफन फ्रापर्ट, रुवान्डाकी सालिमा मुक्सान्गा र जापानका योसीमी यामासितो छन्।

समूह ‘बी’मा इङ्गल्यान्ड, इरान, अमेरिका र वेल्स छन्। कागजको सबैभन्दा बलियो टोली इङ्गल्यान्ड नै हो। युरो कपको उपविजेता बने पनि टोली माथिको आशा अझ धेरैको बढेको छ।

समूह ‘सी’ मा अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड छन्। यस समूहमा अर्जेन्टिनालाई बलियो टोली मानिएको छ। फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनेसीया समूह डीमा छन्। फ्रान्सले उपाधि रक्षा गर्न सक्छ ? या सक्दैन भन्ने अहिले धेरैको चासो हो।
समूह ‘ई’मा स्पेन, कोस्टारिका, जर्मनी र जापान छन्। जर्मनी र स्पेनलाई पक्कै पनि बलियो टोली मानिएको छ। तथापि सन् २०१० को विश्वकप विजेता भएको समय जस्तो लयमा स्पेन छैन। यसका बाबजुद पेड्री लगायत युवा खेलाडीका कारण स्पेनले लामो यात्रा तय गर्न सक्ने छ।

विश्वकप गुमाउने सबैभन्दा प्रमुख खेलाडी म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हल्यान्ड छन्। उनको देश नर्वे युरोपेली राष्ट्रको खेलमा आफ्नै समूहमा टर्की र नेदरल्यान्ड्स भन्दा पछाडि रहँदै बाहिरिएको हो।

बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया समूह ‘एफ’मा छन्। गत संस्करणको जस्तो उत्कृष्ट लयमा बेल्जियम छैन। तर, पनि यो पुस्ताको अन्तिम मौका भने कतार विश्वकप बनेको छ।
ब्राजिल, सर्बिया, स्वीजरल्यान्ड र क्यामरुन समूह ‘जी’मा छन्। यस समूहमा ब्राजिललाई बलियो दाबेदार मानिएको छ। पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया समूह ‘एच’मा छन्। पोर्चुगलको टोली र रोनाल्डोका लागि यो खेल विशेष महत्त्वको छ। यो उनको अन्तिम विश्वकप पनि हुनेछ।

यी सबैको लेखाजोखा त खेल सुरु भएपछि नै होला। परन्तु पहिलो पटक महिला रेफ्री, मध्यपूर्वको विश्वकप र जाडो यामको विश्वकपको रूपमा कतार विश्वकपले केही विशेषता बोकेर इतिहास बनाउने छ। स्रोत : सिबीएस स्पोर्ट्स

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ८ : ५४ बजे

बसको ढोकाबाट खस्दा सहचालकको मृत्यु

तनहुँ – पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित छबिसेमा आज

राप्तीमा घडियाल गोहीको गणना सुरु

नेपालगञ्ज – बाँकेको राप्ती नदीमा छाडिएका घडियाल गोहीको गणना सुरु

नाइजेरियामा ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ८६ पुग्यो

लागोस – नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या

प्रधानमन्त्री कप : डेब्यू खेलमा आर्मीको शानदार जित

काठमाडौं – प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन

खो खो विश्वकप : पुरुषतर्फ पनि नेपाल उपविजेता, भारतले जित्यो उपाधि

काठमाडौं – प्रथम खो खो विश्वकपको पुरुषतर्फ पनि नेपाल उपविजेता