साफ च्याम्पियनसिप : तेस्रो जितको दाउमा नेपाल « Khabarhub

साफ च्याम्पियनसिप : तेस्रो जितको दाउमा नेपाल


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साफ यु-१५ महिला च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले आज (बुधबार) भुटानको सामना गर्दैछ । नेपाल र भुटानबीचको खेल बंगलादेश राजधानी ढाकास्थित बिएसएसएस मुस्तफा कमल मैदानमा साँझ सवा ४ बजे सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल भुटानसँग दोस्रो पटक खेल्न लागेको हो । डबल राउण्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानलाई ७-० अन्तरले पराजित गरेको थियो । वर्षा ओलीले एक्लै चार गोल गरेपछि नेपालले सहज जित पाएको थियो ।

यसैगरी नेपालले दोस्रो खेलमा आयोजक बंगलादेशलाई १-० अन्तरले पराजित गरेको थियो । वर्षा ओलीले ८७औं मिनेटमा निर्णायक गोल गरेपनि नेपाल लगातार दोस्रो खेल जित्न सफल भएको थियो ।

भगवती रानामगरको प्रशिक्षणमा रहेको नेपाली टोली लगातार तेस्रो जित निकाल्ने दाउमा छ । प्रतियोगिताको शीर्षस्थानमा रहने टोली स्वतः च्याम्पियन हुने प्रावधान रहँदा नेपाल भुटानविरुद्ध खेल जित्दै शीर्षस्थानमा फर्कन चाहन्छ ।

दीपा रोकायाको कप्तानीमा रहेको नेपालले दुई खेलबाट ६ अंक जोडेको छ । तीन खेलबाट समान ६ अंक जोडेको बंगलादेश गोलअन्तरको आधारमा शीर्षस्थानमा छ । अंकविहिन भुटान भने उपाधि दौडबाट बाहिरिसकेको छ ।

नेपाली टोलीः
गोलकिपरः राधिका ओली, सुजता तामाङ, रुपा धिमाल
रक्षकः सिता रोकाया, दिपा मगर, अञ्जना पुन मगर, अमिता भुल, विपना स्नेही ,रेणु लिम्बु, डोल्मा लामा
मिडफिल्डरः सिम्रन राई, पुनम चेम्जोङ, भाजना परियार, सबिता मण्डल, भुमिका बुढाथोकी, सुशिला केसी, सुक्रिया मिया, रेबिका नेपाली, मनिषा सेन
स्ट्राइकरः दिपा रोकाया (कप्तान), समिक्षा मगर, वर्षा ओली, सेनु परियार

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  १० : ३० बजे

कर्णालीमा नसर्ने रोगबाट बालबालिका प्रभावित बन्दै 

सुर्खेत– कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोरकिशोरी नसर्ने रोगबाट प्रभावित

टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘एक घर

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न

एलाइट कप क्रिकेट प्रतियोगिता बुधबारदेखि 

मोरङ– कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल