भलिबलको वार्षिक क्यालेन्डर सार्वजनिक « Khabarhub

भलिबलको वार्षिक क्यालेन्डर सार्वजनिक


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भलिबल संघले आगामी एक वर्षको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । जितेन्द्रबहादुर चन्दको अध्यक्षमा निर्वाचित केन्द्रीय कार्यसमिति आएपछि एनभिएले २०७९/८० को कार्यक्रम सार्वजनिक गरेको हो । बुधबार सार्वजनिक कार्यक्रममा घरेलु प्रतियोगितादेखि अन्तर्राष्ट्रिय प्रतियोगिता, रेफ्री कोर्ष रहेका छन् । यसैगरी, पहिलो पटक हुने भएको फ्रेन्चाइज नेपाल सुपर लिगको समेत समय तोकिएको छ । 

नेपालले यु २३ एसियन सेन्ट्रल जोन पुरुष भलिबलबाट सुरु गरेर ८० सालमा हुने राष्ट्रिय रेफ्री कोर्षसम्म रहेको छ । यसैगरी, काभा एसियन महिला तथा पुरुष बिच भलिबल, काभा अन्तर्राष्ट्रिय महिला पुरुष, थ्री नेसन्स श्रृंखला, १९औँ एसियन गेम्स, महिला तथा पुरुष मैत्रीपूर्ण खेलरहेका छन् । 

घरेलु प्रतियोगितातर्फ सातौैँ एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप, एनएसएल महिला तथा पुरुष लिग (२०७९), सातौँ आरबिबी एनभिए महिला तथा पुरुष लिग, यु १५ महिला तथा पुरुष प्रतियोगिता, आठौ एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप, ३४औँ राष्ट्रिय पुरुष तथा २५औँ महिला राष्ट्रिय भलिबल प्रतियोगिता, बीच भलिबल प्रतियोगिता, एनएसएल महिला तथा पुरुष भलिबल ९२०८०० रहेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  २ : ०६ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा