प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी तीव्र | Khabarhub Khabarhub

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी तीव्र


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाग्मती– आसन्न मङ्सिर ४ गते हुने  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरमा निर्वाचनको तयारी तीव्र पारिएको छ । प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र रहेको र प्रदेशसभाका चार निर्वाचन क्षेत्र रहेको मकवानपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय  हेटाैँडाले निर्वाचनको आवश्यक तयारी तीव्र पारेको जनाएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी राति अबेरसम्म प्रत्येक मतदान केन्द्रमा पठाउने सामग्री तयार पार्ने र सिल गर्ने तथा  मतदान केन्द्रमा कर्मचारी पठाउनेको विवरण तयार गर्ने लगायतका  कार्य तीव्ररुपमा भइरहको बताइएको छ ।

अब केही दिनमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिएर मतदान केन्द्रमा खटाइने भएकाले यसका लागि मतपत्र मतदान केन्द्रपिच्छे  छुट्याएर राख्ने काम भइरहेको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले  जानकारी दिए। मकवानपुरका  १० वटै स्थानीय तहका मतदान केन्द्रमा चाहिने मतपत्र आइसकेको उनले बताए । समानुपातिकको मतपत्र पहिले नै आइसकेको र प्रत्यक्षतर्फको मतपत्र पनि आइतबार हेटौँडा आइपुगेको छ ।

निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा पठाइने मतपत्र र निर्वाचनका लागि आवश्यक विभिन्न सामग्री कर्मचारीलाई तालिमपछि हस्तान्तरण गरिने सो कार्यालयले जनाएको छ ।

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्वक सम्पन्न गर्न सबैले निर्वाचन आचारसंहिताको पालना गर्नुपर्ने निरौलाले बताए । यसैबीच जिल्ला प्रशासन कार्यालयबाट  जिल्लामा रहेका  मतदानस्थल र मतदान केन्द्रको निरीक्षण तथा अनुगमनसमेत भइरहेको छ  ।

प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको नेतृत्वमा मतदानस्थलको निरीक्षण भइरहेको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेले मतदान केन्द्रको अवस्था, बाटोघाटोको अवस्था र सुरक्षाको अवस्थालाई ध्यानमा राखेर निरीक्षण गरिरहेको जानकारी दिए । उनले निर्वाचनलाई भयरहित र निष्पक्षरूपमा सम्पन्न गर्न  वातावरण तयार भएकाले ढुक्क भएर निर्वाचन गर्न सबैलाई आग्रह गरे ।

जिल्लामा मतदानस्थल एक सय ६७ र मतदान केन्द्र तीन सय ६४ रहेका छन् । निर्वाचनमा दुई हजार नौ सय १२ कर्मचारी र एक हजार चार सय ४२ स्वयम्‌सेवक खटिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यहाँ पुरुष मतदाताको सङ्ख्या एक लाख ५३ हजार पाँच सय २८ तथा महिलाको सङ्ख्या एक लाख ४७ हजार दुई सय र अन्यको सङ्ख्या पाँच रहेको बताइएको छ । 

जिल्लामा मतपत्र बदर हुन नदिन स्थानीय पालिकामा नमुना मतदान कार्य जारी रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले बताए । साथै मतदाता शिक्षा पनि पालिकामा जारी रहेको उनले जानकारी दिए । 

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  २ : १५ बजे

जङ्गलको डढेलो बस्तीमा पस्दा पाँच घर नष्ट

सोलुखुम्बु– सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा

स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन

अपहरणमा परेका एकजनाको सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ

जनकपुरधाम– धनुषाको ढल्केबरबाट अपहरणमा परेका एकजनाको प्रहरीले सकुशल उद्धार गरेको

पिसाब पोल्ने समस्या छ ? यी उपाय अपनाउनुस्

काठमाडौं– सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढी