मधेस प्रदेशमा ट्राफिक कारबाहीमा तीव्रता « Khabarhub

मधेस प्रदेशमा ट्राफिक कारबाहीमा तीव्रता


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

रौतहट– मधेस  प्रदेशमा ट्राफिक प्रहरीले नियमविपरीत चल्ने सवारीसाधनमाथि कारबाही तीव्र ढंगले अघि बढाएको छ । प्रदेशको आठ जिल्लामा ट्राफिक नियमविपरीत चल्ने सवारीसाधनमाथि तीव्र रूपमा कारबाही सुरु गरेको हो। 

प्रदेश ट्राफिक प्रमुख एसपी नान्तिराज गुरुङको निर्देशनअनुसार गरिएको कारबाहीबाट तीन महिनाको २४ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै ६ लाखले वृद्धि भएको छ। 

यस आर्थिक वर्षको साउन, भदौ र असोज गरी तीन महिनाको अवधिमा मधेस प्रदेशको आठवटै जिल्लामा ट्राफिक नियमविपरीत चलेका तीन हजार सात सय २० सवारीसाधनलाई कारबाही गरिएको थियो । कारबाहीबाट कुल २४ लाख १८ हजार रुपैयाँ राजस्व संकलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय पथलैयाका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताए । 

गत आर्थिक वर्षको सोही अवधिमा मधेस प्रदेश ट्राफिक प्रहरीले गरेको २९ सय ६९ सवारीसाधनको कारबाहीबाट १८ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

चालू आर्थिक वर्षको साउन, भदौ र असोज गरी तीन महिनाको अवधिमा कुल १४ सय ५२ वटा सवारी दुर्घटना भएको छ । दुर्घटनामा परेर कुल १३० जना मानिसको ज्यान गएको छ। मृत्यु हुनेमा ८९ पुरुष, २८ महिला, सात बालक तथा ६ जना बालिकाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाको तथ्यांकमा उल्लेख छ।

दुर्घटनामा परेर दुई हजार ५६ जना घाइते भएका छन् । घाइते हुनेमा एक हजार ६ सय २३ जना पुरुष, चार सय ६८ महिला, दुई सय ३२ बालिका रहेको तथ्यांकमा उल्लेख । मधेस प्रदेशमा बढ्दो सवारीको संख्या, तीव्र गति, साँघुरो बाटो तथा कतिपय चालकको लापरवाहीले सवारी दुर्घटना बढेको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी गुरुङले बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  २ : २३ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि