प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन: उम्मेदवार प्रचारमा, मतदाता खेतमा « Khabarhub

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन: उम्मेदवार प्रचारमा, मतदाता खेतमा


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खजुरा– आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवार अहिले चुनावी प्रचारको अभियानमा जुटेका छन् । निर्वाचनमा आआफ्ना एजेण्डा सहित उम्मेदवार मतदाता समक्ष पुगेका छन् । तर, बाँके जिल्लाका किसानलाई भने वर्ष भरि आफूले गरेको मेहनतको खेतीबाली धान भित्र्याउन चटारो छ । नेताहरू गाउँमा जाँदा अधिकांश मतदाता भने खेतमा भेटिने गरेका छन् । 

 चुनाव आउन अब करिव दुई हप्ता मात्र रहँदा किसानहरू भने वर्षदिनको अन्न धान स्याहार्ने कामलाई पहिलो प्राथामिकता राखेको खजुराका किसान हरिहर थारूले बताए । किसानलाई अहिले धान भित्र्याउन भ्याइनभ्याई छ भने उम्मेदवारलाई गाउँ टोल बस्तीमा गएर मत माग्न भ्याइनभ्याई छ । नेता गाउँ पुग्दा धान काट्न गएका किसानलाई फोन गरेर समेत बोलाउने गरेका छन्, भने कतिपय नेता त खेतमै मत माग्न पुग्ने गरेको बाँके बैजनाथ गाउँपालिका-७ पेडारीका किसान लोहारी थारुले बताए । 

उनका अनुसार विगतको निर्वाचनमा भने प्रचारप्रसार गर्न लस्करै निस्कने सर्वसाधारण मतदातालाई यसपालिको चुनावले खेतीपातीको मौसममा समय छुट्ट्याउन समस्या भएको छ । किसान लोहारी थारुले भने , ‘कतिपय ठाउँमा नेता भोटमाग्न खेतमै पुग्दा मात्रै चुनाव आएको जस्तो अनुभुति हुन्छ ।’ किसानले धान भित्र्याउने काम समयमा नसक्दा प्रचारप्रसार गर्न ढिलाइ भएको उनको भनाइ छ । चुनावको बेला राजनीतिक दल तथा उम्मेदवार आफ्नो घोषणापत्रमा कृषिसम्बन्धी समस्या तथा सवाललाई मुद्दा बनाउने गर्दछन् । यसपालिको चुनावमा पनि दलहरुले आप्mनो घोषणापत्रमा कृषिका सवाललाई पुनः समेटेका छन् ।

यसपालीको चुनावमा किसानको पिरमर्का बुझ्ने नेतालाई मात्रै भोट दिने नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीका किसान गोपी यादवले बताए। समयमा मलबीउको उपलब्धता, आधुनिक कृषि उत्पादनमा जोड, कृषि अनुदान, बजारीकरण, कृषि प्रोत्सहानलगायतका सेवा सरकारले दिनुपर्दछ । यस्तो सेवा दिने नेतालाई मात्रै यसपटक मत दिने यादवको भनाइ छ ।

वर्षौँदेखि कृषि मलको समस्या झेल्दै आएका किसानलाई राहत दिने नेतालाई अहिलेको निर्वाचनमा मतदान गर्ने बाँके डुडुवा गाउँपालिका–४ का किसान बाबादिन धोबीले बताए ।

निर्वाचनमा सबै उम्मेदवारले विकास  निर्माणका योजनासँगै जनतासँग प्रत्यक्ष सरोकार राख्ने सवालका बारेमा योजना तथा प्रतिबद्धता आ–आफ्नो घोषणापत्रमा उल्लेख गरेका छन् । 

सोही घोषणापत्रलाई जनतामाझ उम्मेदवार प्रचार गरिरहेका छन् । नेताहरूको घोषणापत्र हेर्दा प्रायः महत्वकाङ्क्षी योजना मात्र भएको किसान अगुवा जगदिशप्रसाद विश्वकर्माले बताए । 

वर्षभरी पेट भर्ने अन्न हो धान । अहिले किसानलाई चुनाव भन्दा धान नै प्यारो छ । धान स्याहार्ने सिजनमा निर्वाचनको मिति परेकाले उनीहरु प्रचारप्रसारमा सहभागि हुन नसकेको बताउँछन् । 

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  २ : ३६ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि