प्रतिनिधिसभा सदस्यका उम्मेदवार घरदैलोमा व्यस्त  « Khabarhub

प्रतिनिधिसभा सदस्यका उम्मेदवार घरदैलोमा व्यस्त 


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार घरदैलोमा व्यस्त रहेका छन् । यसक्रममा वामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार डा शेखर कोइराला चुनावी प्रचारप्रसारमा व्यस्त छन् । उनी विसं २०७४ मा भएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा नेकपा ९एमाले०का उम्मेदवार लालबाबु पण्डितबाट पराजित भएका थिए ।  सोही क्षेत्रका एमालेका तर्फबाट पण्डित पुन ः निर्वाचनमा होमिएका छन् ।

विगतको भन्दा फरक शैली अपनाएर चुनावी मैदानमा उत्रेका उम्मेदवार निर्वाचन आचारसंहिता पालनासहित कार्यकर्ता र मतदाता शिक्षालाई व्यवस्थित गर्न कार्यकर्तालाई निर्देशन पनि दिइरहेका छन् । जनसभा र आमसभा भन्दा पनि घरदैलो र कोणसभामा मात्र देखिने उम्मेदवार बिहानदेखि बेलुकैसम्म भेटघाट, चुनावी रणनीति, प्रचारप्रसार तथा कार्यकर्ता र मतदाताका गुनासो एवं मागलाई गहनतापूर्वक सुनिरहेको पाइन्छ ।

यही क्षेत्रमा प्रतिनिधिसभामा मङ्गोल नेश्नल अर्गनाइजेशनका मोहनबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल क्षेत्री, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दुखाराम माझी, जनमत पार्टीका बुद्धिराम माझी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका राजु मण्डल, जनता प्रगतिशील पार्टी नेपालका प्रशान्त ठाकुर, बहुजन शक्ति पार्टीका नारायण पासवान, हाम्रो नेपाली पार्टीका टेकबहादुर अधिकारी क्षेत्री, राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधान, नागरिक उन्मुक्ति पार्टीका बलराम खवास र नेपाल मजदुर किसान पार्टीका चिरञ्जीवी खतिवडा उम्मेदवार बनका छन् । सबै उम्मेदवारले जनतालाई आ-आफ्ना पक्षमा आकर्षित गराउने पक्षमा कसरत गरिरहेका छन् ।

कूल एक लाख २६ हजार सात सय ६१ मतदाता रहेको यस क्षेत्रको प्रदेशसभा ‘१’ मा ७८ हजार नौ सय ६४ र ‘२’मा ४७ हजार सात सय ९७ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । सो क्षेत्रमा मतदानस्थल ३९ र मतदान केन्द्र एक सय ४१ छन् । कार्यालयका अनुसार यस क्षेत्रमा बूढीगङ्ग गाउँपालिकाका सबै वडा, विराटनगर महानगरपालिकाका वडा नं ४,५,६,७,९,११ र १२ तथा सुन्दरहरैचा नगरपालिकाका वडा नं २,३,४,५,६ र ७ पर्दछन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ३ : ३६ बजे

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित