प्रतिनिधिसभा सदस्यका उम्मेदवार घरदैलोमा व्यस्त  « Khabarhub

प्रतिनिधिसभा सदस्यका उम्मेदवार घरदैलोमा व्यस्त 


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार घरदैलोमा व्यस्त रहेका छन् । यसक्रममा वामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार डा शेखर कोइराला चुनावी प्रचारप्रसारमा व्यस्त छन् । उनी विसं २०७४ मा भएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा नेकपा ९एमाले०का उम्मेदवार लालबाबु पण्डितबाट पराजित भएका थिए ।  सोही क्षेत्रका एमालेका तर्फबाट पण्डित पुन ः निर्वाचनमा होमिएका छन् ।

विगतको भन्दा फरक शैली अपनाएर चुनावी मैदानमा उत्रेका उम्मेदवार निर्वाचन आचारसंहिता पालनासहित कार्यकर्ता र मतदाता शिक्षालाई व्यवस्थित गर्न कार्यकर्तालाई निर्देशन पनि दिइरहेका छन् । जनसभा र आमसभा भन्दा पनि घरदैलो र कोणसभामा मात्र देखिने उम्मेदवार बिहानदेखि बेलुकैसम्म भेटघाट, चुनावी रणनीति, प्रचारप्रसार तथा कार्यकर्ता र मतदाताका गुनासो एवं मागलाई गहनतापूर्वक सुनिरहेको पाइन्छ ।

यही क्षेत्रमा प्रतिनिधिसभामा मङ्गोल नेश्नल अर्गनाइजेशनका मोहनबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल क्षेत्री, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दुखाराम माझी, जनमत पार्टीका बुद्धिराम माझी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका राजु मण्डल, जनता प्रगतिशील पार्टी नेपालका प्रशान्त ठाकुर, बहुजन शक्ति पार्टीका नारायण पासवान, हाम्रो नेपाली पार्टीका टेकबहादुर अधिकारी क्षेत्री, राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधान, नागरिक उन्मुक्ति पार्टीका बलराम खवास र नेपाल मजदुर किसान पार्टीका चिरञ्जीवी खतिवडा उम्मेदवार बनका छन् । सबै उम्मेदवारले जनतालाई आ-आफ्ना पक्षमा आकर्षित गराउने पक्षमा कसरत गरिरहेका छन् ।

कूल एक लाख २६ हजार सात सय ६१ मतदाता रहेको यस क्षेत्रको प्रदेशसभा ‘१’ मा ७८ हजार नौ सय ६४ र ‘२’मा ४७ हजार सात सय ९७ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । सो क्षेत्रमा मतदानस्थल ३९ र मतदान केन्द्र एक सय ४१ छन् । कार्यालयका अनुसार यस क्षेत्रमा बूढीगङ्ग गाउँपालिकाका सबै वडा, विराटनगर महानगरपालिकाका वडा नं ४,५,६,७,९,११ र १२ तथा सुन्दरहरैचा नगरपालिकाका वडा नं २,३,४,५,६ र ७ पर्दछन्

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ३ : ३६ बजे

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि