बी.पी.कांग्रेसकाे चुनावी घोषणापत्र सार्वजनिक « Khabarhub

बी.पी.कांग्रेसकाे चुनावी घोषणापत्र सार्वजनिक


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बी.पी.कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरि सो पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि आठ पेज लामो घोषणापत्र सार्वजनिक गरेको हो । पार्टीले उद्योग, सडक पूर्वाधार, हवाईसेवा, खानेपानी, सरसफाइ, उर्जा, वैकल्पिक उर्जा, कृषि, सिँचाइ, पर्यटन, कला, साहित्य संस्कृतिलाई प्राथमिकता दिएको छ । 

पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्दै आम सञ्चारमा सबै नेपालीको सहज पहुँच पुर्याउन सर्वशुलभ, भरपर्दो र गुणस्तरीय सूचना उपलब्ध गराउन सरकारी सञ्चार माध्यमलाई पब्लिक सर्भिस मेडियामा रूपान्तरित गरिने घोषणापत्रमा प्रतिवद्धता गरिएको छ । कुनै पनि अधिनायकवादी र निरङ्कुशताको विरुद्ध पार्टी सङ्घर्षशील रहने र संविधानलाई गतिशील राजनीतिक दस्तावेजको रुपमा स्वीकार्ने पनि प्रतिबद्धता व्यक्त गरिएको छ । संविधानमा समय अनुकुल र जनभावनालाई मध्यनजर गरेर समसामयिक सुधार र परिमार्जन गर्न पार्टी सदैव तयार रहने पनि बताइएको छ ।

 घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री देवेन्द्र प्रकाश पौडेलले कांग्रेस बी.पी.बाट ७८ प्रत्यक्ष र १ सय ७३ सदस्यहरू समानुपातिकमा प्रतिनिधि सभा र प्रदेशसभामा उम्मेदवारी रहेको जानकारी दिए । सबै क्षेत्रलाई समेटेर चुनावी घोषणापत्र सार्वजनिक गरिएको उनले बताए ।

त्यस्तै, बीपी कोइरालाको सोचाईअनुरुप उत्पादन वृद्धिसँगै स्रोत र साधनको न्यायोचित वितरण नै पार्टीको मूल आर्थिक नीतिको रुपमा प्रस्तुत गरिएको छ । यसैगरी, पार्टीले उद्योगतर्फ हरित अर्थतन्त्रको सिद्धान्त अनुसार कृषि र बन पैदावमरमा आधारित उद्योगमा निजी क्षेत्रलाई प्रशय दिने जनाएको  छ। 

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ५ : ४२ बजे

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६