बी.पी.कांग्रेसकाे चुनावी घोषणापत्र सार्वजनिक « Khabarhub

बी.पी.कांग्रेसकाे चुनावी घोषणापत्र सार्वजनिक


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बी.पी.कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरि सो पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि आठ पेज लामो घोषणापत्र सार्वजनिक गरेको हो । पार्टीले उद्योग, सडक पूर्वाधार, हवाईसेवा, खानेपानी, सरसफाइ, उर्जा, वैकल्पिक उर्जा, कृषि, सिँचाइ, पर्यटन, कला, साहित्य संस्कृतिलाई प्राथमिकता दिएको छ । 

पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्दै आम सञ्चारमा सबै नेपालीको सहज पहुँच पुर्याउन सर्वशुलभ, भरपर्दो र गुणस्तरीय सूचना उपलब्ध गराउन सरकारी सञ्चार माध्यमलाई पब्लिक सर्भिस मेडियामा रूपान्तरित गरिने घोषणापत्रमा प्रतिवद्धता गरिएको छ । कुनै पनि अधिनायकवादी र निरङ्कुशताको विरुद्ध पार्टी सङ्घर्षशील रहने र संविधानलाई गतिशील राजनीतिक दस्तावेजको रुपमा स्वीकार्ने पनि प्रतिबद्धता व्यक्त गरिएको छ । संविधानमा समय अनुकुल र जनभावनालाई मध्यनजर गरेर समसामयिक सुधार र परिमार्जन गर्न पार्टी सदैव तयार रहने पनि बताइएको छ ।

 घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री देवेन्द्र प्रकाश पौडेलले कांग्रेस बी.पी.बाट ७८ प्रत्यक्ष र १ सय ७३ सदस्यहरू समानुपातिकमा प्रतिनिधि सभा र प्रदेशसभामा उम्मेदवारी रहेको जानकारी दिए । सबै क्षेत्रलाई समेटेर चुनावी घोषणापत्र सार्वजनिक गरिएको उनले बताए ।

त्यस्तै, बीपी कोइरालाको सोचाईअनुरुप उत्पादन वृद्धिसँगै स्रोत र साधनको न्यायोचित वितरण नै पार्टीको मूल आर्थिक नीतिको रुपमा प्रस्तुत गरिएको छ । यसैगरी, पार्टीले उद्योगतर्फ हरित अर्थतन्त्रको सिद्धान्त अनुसार कृषि र बन पैदावमरमा आधारित उद्योगमा निजी क्षेत्रलाई प्रशय दिने जनाएको  छ। 

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ५ : ४२ बजे

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन २१

प्रधानमन्त्री कार्यालयमा धर्ना बसे घाइते जेन-जी र शहीद परिवार (तस्बिरहरू)

काठमाडौं– जेन-जी घाइतेहरू र शहीदहरूको परिवारले आफ्नो माग पूरा नभएको भन्दै

गोरखामा रास्वपा नेताको गाडी तोडफोड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता धनेज थापाको गाडीमा

नेपाली कांग्रेसले कुनै विशेष महाधिवेशन गरेको छैन : मिन विश्वकर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले नेपाली कांग्रेसले विशेष महाधिवेशन

नर्स तथा मिडवाइफको लाइसेन्स नवीकरणका लागि नयाँ व्यवस्था  

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले नर्स, मिडवाइफ तथा विशेषज्ञ नर्सको लाइसेन्स