अमेरिकाको निर्वाचनमा उमेदवार बनेका नेपाली मूलका दुबै जना विजयी « Khabarhub

अमेरिकाको निर्वाचनमा उमेदवार बनेका नेपाली मूलका दुबै जना विजयी


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको निर्वाचनमा उमेदवार बनेका नेपाली मूलका दुबै जना विजयी भएका छन् ।

मेरिल्याण्ड जनरल एसेम्बलीका लागि मेरिल्याण्ड राज्यको विधायक (सांसद) मा डेमोक्रयाटिक पार्टीका तर्फबाट नेपाली मूलका डा. ह्यारी भण्डारीले पुनः जीत हासिल गरेका छन् । उनी कूल १३ हजार ९४९ मत ल्याई पहिलो निर्वाचित विधायक बनेका छन् । यो कूल खसेको मतको २० दशमलव २७ प्रतिशत हो ।

सन् २०१८ मा सम्पन्न निर्वाचनमा विजयी भएर अमेरिकाको मूलधारको राजनीतिमा जीत हासिल गर्ने पहिलो नेपाली बनेका भण्डारीले आफ्नो क्षेत्रका नागरिकलाई शिक्षामा सुधारको अभियान अगाडि सारेका थिए । यसका लागि उनले दुबै पटकको निर्वाचनमा ‘टिचर फर डेलिगेट’ भन्ने नारा अगाडि सारेका हुन् ।

ह्यारीसहित डेमोक्र्याट पार्टीका कार्ल ज्याक्सन र निक एलेनले पनि विजयी हासिल गरेका छन् । कार्लले १३ हजार ती सय एक मत र निकले १२ हजार पाँच सय ४७ मत प्राप्त गरेका छन् । डिष्ट्रिक्ट ८ बाट तीन जना विधायक निर्वाचित हुने व्यवस्थाअनुसार तीनै जना डेमोक्रयाटका उमेदवार विजयी भएका छन् । ह्यारीले सबैभन्दा बढी मत पाएका हुन् ।

उता सोही डिष्ट्रिक्टमा रिपब्लिकन पार्टीका उमेदवारहरू गेलेन गेलहार, टिमोथी नेउवार र क्थालिन स्मेरो पराजित भएका छन् ।

यसैगरी, न्यूयोर्क स्टेट एसेम्बलीको डिष्ट्रिक्ट १०३ न्यूयोर्कबाट पहिलो पटक उमेदवार बनेकी सराहना श्रेष्ठ विजयी भएकी छिन् । छोटो समयमा राजनीतिक सफलता हात पारेकी सराहनाले जीतसँगै न्यूयोर्क स्टेट एसेम्बलीमा विजयी हुने पहिलो नेपाली बनेर इतिहास बनाएकी छिन् ।

विजयी भएपछि भण्डारीले आफूलाई सहयोग गर्ने सम्पूर्ण नेपाली अमेरिकीलाई धन्यवाद दिए । विगतको कार्यकालमा आफूले १४ वटा बिल पास गर्न सफल भएको र केही बिलहरु विचाराधीन अवस्थामा रहेकाले त्यसलाई प्राथमिकतामा राख्ने भण्डारीले बताए ।

उनले भने, “मैले आगामी चार वर्षमा एकतातिर मेरा मतदातासँग गरेको प्रतिबद्धताअनुसारको काम गर्नुछ भने अर्कोतर्फ नेपाली अमेरिकीको मूलधारको राजनीतिमा थप सहभागिताका लागि संस्थागत ढङ्गले काम गर्नु पर्नेछ ।’’

मूलधारको राजनीतिमा एकपछि अर्को सफलता हात पारेसँगै नेपाली मूलका अमेरिकी खुसी भएका छन् । “यो जित हाम्रो मूलधारको राजनीतिमा कोसेढुंगा साबित भएको छ”, अमेरिकाको मेरिल्याण्डमा रहेका डा. श्याम कार्कीले विजयको खबर सुनेपछि प्रतिक्रिया दिँदै भने, “अमेरिकाको नीति निर्माण तहमा नेपाली भाषीको प्रतिनिधित्वले हामी नेपालीलाई गौरवको अनुभूति भएको छ ।” कार्कीले सन् २०१४ देखि नै भण्डारीको चुनावी अभियानमा सघाउँदै आएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ६ : ४६ बजे

दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

नारायणगढ– बछ्यौलीका महिलाले सामूहिक दूध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन्

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै